birat ribon

युरो कपको ट्रफी करिअरकै महत्त्वपूर्ण : रोनाल्डो

Neuro
युरो कपको ट्रफी करिअरकै महत्त्वपूर्ण : रोनाल्डो

एजेन्सी, १५ पुस । पोर्चुगलका कप्तान क्रिस्टिायानो रोनाल्डोले युरो कपको ट्रफी आफ्ना लागि महत्त्वपूर्ण भएको बताएका छन् । हालै ‘डीएजेडएन’सँगको अन्तर्वार्ताका क्रममा ३४ वर्षीय रोनाल्डोले सन् २०१६ को युरो कपको उपाधि आफ्ना लागि महत्त्वपूर्ण भएको बताएका हुन् ।

sdf

रोनाल्डोको टोली पोर्चुगलले फ्रान्सलाई १–० गोलले हराउँदै युरो कप जितेको थियो । फ्रान्समै भएको उक्त खेलमा पोर्चुगललाई जिताउन इडरले निर्णायक गोल गरेका थिए । करिब ४ वर्षपछि रोनाल्डोले युरो कपको ट्रफी आफ्ना लागि विशेष रहेको बताए ।

cura insider

उनले भने, ‘युरो कपको ट्रफी मेरो लागि करिअरकै महत्त्वपूर्ण ट्रफी हो । सो ट्रफी जित्दा म हाँसेको थिएँ, रुएको थिएँ र थोरै मातेको पनि थिएँ । खेल सकिएपछि म बेस्सरी रुएको थिएँ । पछि सेलिब्रेसनका क्रममा मैले थोरै रक्सी पनि पिएको थिएँ ।’

आफ्नो लागि ट्रफी जित्दाको क्षण विशेष रहेको रोनाल्डोको भनाइ छ । ‘म कहिले रक्सी पिउँदिन तर त्यतिबेला मैले एक ग्लास पिएँ,’ उनले थपे, ‘किनकी त्यो पल मेरा लागि विशेष थियो ।’

jackson ribon