birat ribon

मोबाइलमा गीत सुन्दा निम्तिन्छ बहिरोपन

Neuro
मोबाइलमा गीत सुन्दा निम्तिन्छ बहिरोपन

विराटनगर, १५ पुस । स्मार्टफोनमा गीत सुन्ने र लगातार ठूलो आवाजको सम्पर्कमा रहने कारण संसारभरका एक अर्बभन्दा धेरै मानिसमा बहिरोपनको खतरा हुने देखिएको छ । युनाइटेड नेसन्सअन्तर्गतको एजेन्सीको एक रिपोर्टमा बताइएअनुसार १२ देखि ३५ वर्षको बीचमा मोबाइलमा गीत सुन्नाले बहिरोपन हुन सक्ने देखाएको छ ।

डब्लुएचओका अनुसार संसारभर एक अर्बभन्दा बढी युवायुवती स्मार्ट फोनमा ठूलो ध्वनिमा गीत सुन्ने गर्छन् । गीत सुन्नका लागि इयरफोन अथवा हेडफोनको प्रयोग गर्ने गर्छन् । तर, उनीहरूलाई यसको प्रयोगले बहिरोपनको सिकार हुन सक्छन् अथवा उनीहरूको सुन्ने शक्ति कम हुन्छ । ४ वर्षसम्म गरिएको अनुसन्धानमा युवायुवतीको सुन्ने बानी तथा कति भोल्युमसम्म उनीहरू सामान्यतया उजागर हुन्छन् भन्ने कुरामा जोड दिइएको थियो ।

cura insider

उक्त अनुसन्धानबाट पाइएको जानकारीका आधारमा युवायुवतीलाई बहिरोपन हुनबाट बचाउनका लागि समाधान खोज्न पनि खोजिएको छ । बहिरोपनबाट बच्नका लागि मोबाइलमा गीत सुन्दा फोनमा भोल्युम कन्ट्रोलको प्रयोग गर्नुपर्छ ।

सबैको स्मार्ट फोनमा एक साउन्ड कन्ट्रोलिङ सिस्टम हुन्छ, जसले कति आवाज प्राप्त भइरहेको र आवाज सीमितताभन्दा माथि गइरहेको छ वा छैन भन्ने बताउँछ । स्मार्ट फोनमा दिइएको त्यो गाइडलाइनलाई अपनाउदा बहिरोपनबाट बच्न सकिन्छ ।

jackson ribon