birat ribon

इन्स्टाग्रामबाट मेस्सीभन्दा दोब्बर बढी कमाउँछन् रोनाल्डो

Neuro
इन्स्टाग्रामबाट मेस्सीभन्दा दोब्बर बढी कमाउँछन् रोनाल्डो

विराटनगर, १५ पुस । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना खास प्रतिद्वन्द्वी लियोनल मेस्सीलाई पछि पारेका छन् । इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डोले बार्सिलोनाका कप्तान मेस्सीलाई इन्स्टाग्रामबाट कमाइ गर्ने मामलामा पछि पारेका हुन् ।

इटालियन फुटबल टिभीका अनुसार ३४ वर्षीय रोनाल्डोले सन् २०१९ का इन्स्टाग्रामका पोस्टमार्फत् ४७.८ मिलियन अमेरिकी डलर (४२.७ मिलियन युरो) कमाइ गरेका छन् । रोनाल्डो २०१९ मा इन्स्टाग्रामबाट सर्वाधिक कमाउने खेलाडीको शीर्ष स्थानमा छन् । उनले मेस्सीभन्दा दोब्बर आम्दानी गरेका छन् ।

cura insider

अर्जेन्टिनी कप्तान मेस्सीले भने यस वर्ष इन्स्टाग्रामबाट २३.३ मिलियन अमेरिकी बराबरको कमाइ गरेका छन् । इन्स्टाग्रामबाट धेरै कमाइ गर्ने खेलाडीको सूचीमा मेस्सीले दोस्रो स्थान बनाउँदा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वस्टार डेभिड बेकह्याम तेस्रो स्थानमा छन् ।

फुटबलरमा बेकह्याम तेस्रो स्थानमा छन् । उनले १०.७ मिलियन कमाएका छन् । तर, समग्रमा हेर्दा धेरै कमाउने सेलिब्रेटीको सूचीमा तेस्रो स्थानमा अमेरिकी मोडल केन्डल जेननर छिन् । उनले १५.९ मिलियन डलर कमाउँछिन् ।

खेलाडीतर्फ चौथो स्थानमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार रहेका छन् । उनको कमाइ ७.२ मिलियन डलर छ । पाचौँ स्थानमा ४.० मिलियन डलर कमाउने ज्लाटान इब्राहिमोभिच रहेका छन् ।

युभेन्टसले दिने तबलभन्दा इन्स्टाग्रामबाट धेरै कमाउँछन् रोनाल्डो

अघिल्लो वर्ष मात्र स्पेनिस क्लब रियल मड्रिडबाट सिरी ‘ए’ खेल्न गएका रोनाल्डोको यो कमाइ युभेन्टसले उनलाई दिने तलबभन्दा धेरै हो । इटालियन फुटबल टिभीका अनुसार रोनाल्डोलाई युभेन्टसले मासिक तलब प्रतिवर्ष ३३.१ मिलियन अमेरिकी डलर (३० मिलियन युरो) दिन्छ ।

जबकी रोनाल्डोले सन् २०१९ का इन्स्टाग्रामका पोस्टमार्फत् ४७.८ मिलियन अमेरिकी डलर (४२.७ मिलियन युरो) कमाइ गरेका छन् ।

jackson ribon