birat ribon

सन् २०१९ का विजेताहरू

Neuro
सन् २०१९ का विजेताहरू

माधव काफ्ले
विराटनगर, १५ पुस । वर्ष २०१९ का खेलतर्फ कसैलाई सुखद रह्यो त कसैका लागि दुखदायी वर्षका रूपमा रह्यो । खेल क्षेत्रमा कसैले जिते भने कसैले हारमा चित्त बुझाए । कसैले ठूला उपाधि जिते भने कोही उपाधि नजिक पुगेर बिमुख भए ।

यस्तैमा दक्षिण अफ्रिका, पोर्चुगल, ब्राजिल, स्पेनजस्ता राष्ट्रले केही ठूला ट्रफी हात पारे । यसैगरी क्लब फुटबलमा लिभरपुल, चेल्सी, म्यानचेस्टर सिटी, युभेन्टस, बार्सिलोना, पीएसजी, बायर्न म्यूनिख, भ्यालेन्सिया जस्ता टोलीलाई सुखद रह्यो । उनीहरू २०१९ मा उपाधि जित्न सफल भए ।

cura insider
स्पेन, डेभिस कप

स्पेनले बास्केटबल विश्व कपको उपाधि जित्यो । उसले फाइनल खेलमा अर्जेन्टिनालाई पाखा लगाउँदै उपाधि आफ्नो बनायो । स्पेनले डेभिस कपको उपाधि पनि आफ्नो बनायो । घरेलु भूमिमा भएको डेभिस कपको फाइनलमा क्यानडालाई पछार्दै उसले उपाधि आफ्नो बनाएको हो ।

स्पेन, बास्केटबल

साउथ अफ्रिकाले २०१९ मा रग्बी विश्वकपको उपाधि हात पार्‍यो । जापानमा भएको नवौं संस्कणको रग्बी विश्वकपको फाइनल खेलमा उसले इंग्ल्याण्डलाई हराउँदै उपाधि जित्यो ।

दक्षिण अफ्रिका

यसैगरी यूइएफए नेशन्स लिगको उपाधि पोर्चुगलले जित्यो । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले उपाधि भिडन्तमा नेदरल्याण्ड्सलाई १–० गोलले हराउँदै उपाधि जित्यो ।

पोर्चुगल, यूइएफए नेशन्स लिग

कोपा अमेरिका भने ब्राजिलले जित्यो । उसले आफ्नै भूमिमा भएको खेलमा आयोजना भएको ४६औं संस्करणको कोपा अमेरिकामा पेरुलाई ३–१ गोलान्तरले हराउँदै उपाधि जितेको हो ।

ब्राजिल, कोपा अमेरिका

डेनमार्क ह्याण्डबल विश्वकपको विजेता बन्यो । उसले नर्वेलाई हराउँदै उपाधि जितेको थियो ।

डेनमार्क, ह्याण्डबल

स्पेनिस इन्डेसा लिगको उपाधि रियल मड्रिडले जित्यो । उसले २०१९ को अन्त्यमा भएको फाइनल खेलमा बार्सिलोनालाई हराउँदै इन्डेसा लिगको उपाधि जित्यो ।

रियल मड्रिड स्पेनिस इन्डेसा लिग

यस्तै २०१८–१९ को स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जित्यो । उसले दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई ११ अंकले पछाडि पार्दै २६औं पटक ला लिगाको उपाधि उचाल्यो ।

ला लिगा बार्सिलोना

यता, भ्यालेन्सियाले कोपा डेल रेको उपाधि हात पार्‍यो । उसले बार्सिलोनालाई २-१ गोलले हराउँदै उक्त उपाधि जित्यो ।

भ्यालेन्सिया, कोपा डेल रे

यस्तै युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले उपाधि जित्यो । उसले स्पेनमा भएको फाइनल खेलमा टोटनह्याम हटस्परलाई पछार्दै बाजी जित्यो ।

लिभरपुल, च्याम्पियन्स लिग

यसैगरी इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले जित्यो । लिभरपुलले अन्तिमसम्म नै उपाधि होड कायम राखेको थियो । जसमा, सिटीले एक अंकले उछिन्दै उपाधि आफ्नो बनाएको थियो । चौथो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

म्यानचेष्टर सिटी, इंग्लिस प्रिमियर लिग

यस्तै इटालियन क्लब युभेन्टसले सिरी ‘ए’को उपाधि जित्यो । रियल मड्रिडबाट आएका पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोको सहायतामा उसले फराकिलो अन्तरका साथ युभेन्टसले ३६औं पटक सिरी ‘ए’को उपाधि जितेको हो । उसले दोस्रो स्थानको नापोलीलाई ११ अंकले पछि पार्दै बाजी मारेको थियो । युभेन्टसले लगातार आठौं पटक उपाधि जितेको हो ।

युभेन्टस, इटालियन सिरी ‘ए’

फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित्यो । उसले आठौं पटक लिग वानको उपाधि उचाल्यो । उसले दोस्रो स्थानको लिलेभन्दा १६ अंग्रता बनाउँदै उपाधि आफ्नो बनाएको थियो ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) , फ्रेन्च लिग वान

यसैगरी चेल्सीले भने युरोपा लिगको उपाधि जितेको थियो । उसले फाइनल खेलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको थियो ।

चेल्सी, युरोपा लिगको

जर्मन बुन्डेसलिगाको उपाधि बायर्न म्यूनिखले हात पारेको थियो । उसले डर्टमुण्डलाई २ अंकले पछि छोड्दै उपाधि आफ्नो बनाएको थियो ।

बायर्न म्यूनिख, जर्मन बुन्डेसलिगा

jackson ribon