birat ribon

अमेरिकामा सामूहिक हत्या बढ्दो

Neuro
अमेरिकामा सामूहिक हत्या बढ्दो

डिसी १४ पुस । अमेरिका सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा अधिक सामूहिक हत्या भएको छ ।

एसोसिएटेड प्रेस (एपी), यूएसए टुडे र नर्थइस्टर्न यूनिभर्सिटीले तयार गरेको तथ्यांकमा सन् २०१९ मा ४१ सामूहिक हत्याका घटना भएका छन् । जसमा २११ जनाको मृत्यु भएको छ ।

cura insider

घटनामा अपराधीहरु बाहेक नै एकै घटनामा चार भन्दा बढीको हत्या भएको घटनालाई सामूहिक हत्याको रुपमा परिभाषित गरिएको छ । २०१९ मा घातक सामूहिक हत्याको घटना मे महिनामा भर्जिनिया बीचमा भएको थियो । जसमा १२ जनाको मृत्यु भएको थियो ।

ठुलो घटना अगष्टमा एलपासोमा भएको थियो २२ जनाको मृत्यु भएको थियो । सोधकर्ताहरुका अनुसार २०१९ मा ४१ घटनामा ३३ वटा बन्दुकको प्रयोग गरि हत्या गरिएको थियो ।

राज्यकोतर्फबाट भएको सामूहिक हत्या क्यालिफोर्नियामा भएको थियो । जसमा १२ जनाको मृत्यु भएको छ ।

सन् १९७० यता सबै भन्दा बढी सामूहिक हत्या भएको वर्ष सन् २०१९ रहेको तथ्यांकमा उल्लेख छ ।

jackson ribon