birat ribon

सन् २०१९ मा चीनमा थप १६ मुलुकबाट मासु आयात

Neuro
सन् २०१९ मा चीनमा थप १६ मुलुकबाट मासु आयात

चीन १४ पुस । चीनले आयातको लागि स्रोतहरूलाई विविध मुलुकसँग जोड्नका लागि सन् २०१९ मा थप १६ मुलुकबाट मासु आयात गरेको छ । चीनको सामान्य भन्सार प्रशासन कार्यालयले ५० लाख ४९ हजार टन मासु आयात गरेको जनाएको छ ।

गत वर्ष भन्दा ४२ प्रतिशत बढी यो एघार महिनामा चीनले ५० लाख ४९ हजार टन मासु आयात गरेको हो । चीनले नोभेम्बरमा ६ लाख ४४ हजार टन मासु आयात गरेको थियो । यो गत वर्षको सोही महिनाको तुलनामा ८२ प्रतिशत बढी हो ।

cura insider

आयात हुने वस्तुको गुणस्तरीयता र सुरक्षालाई प्रत्याभूत गर्न चिनियाँ भन्सार कार्यालयले परिवहनमा नियन्त्रण र संशोधनको नीति लिएको हो । यसबाट मासुमा आफूलाई एकै देशमा आश्रित नबनाउने नीतिलाई पनि अख्तियार गरेको देखिन्छ ।

विभिन्न मुलुकबाट आयात गर्दा बदलामा चीनले ती मुलुकमा आफ्ना अन्य सामानलाई निर्यात गर्ने र चिनिया सामानको बजार पनि बिस्तार गर्ने नीति लिएको देखिन्छ । चीनले विभिन्न एशियाली तथा अफ्रिकी मुलुकहरूमा आफ्नो आयात तथा निर्यातमा सन्तुलन कायम गर्न पनि यो रणनीति लिएको हो ।

जनवरीदेखि नोभेम्बरसम्ममा भन्सारले विभिन्न कृषिजन्य उत्पादनको चोरी पैठारीका ७४३ घटनाले अनुसन्धान गरेको थियो । यसबाट चीनले चार अर्ब ६३ करोड अमेरिकी डलर बराबर राजस्व चुहावटलाई नियन्त्रण गरेको छ ।

jackson ribon