birat ribon

सिद्धबाबा प्रकरण : महिला भन्छिन– ‘ न्यायालयबाट अन्याय भयो’

Neuro
सिद्धबाबा प्रकरण : महिला भन्छिन–  ‘ न्यायालयबाट अन्याय भयो’

विराटनगर,१४ पुस । महिला अनुयायी माथि बलात्कार गरेको आरोपमा पक्राउ परेका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरी तीनलाख धरौटी बुझाएर छुटेका छन् ।

जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीका न्यायधिस राधाकृष्ण उप्रेतीको इजलाले तीनलाख धरौटीमा छाड्ने आदेश दिएपछि गिरी छुटेका हुन् ।

cura insider

२९ दिन प्रहरी हिरासतको अवधी अस्पतालमा गजारेका गिरी सोमबार तीनलाख धरौटी बुझाएर छुटेपछि पून विराट नर्सिङ होम भर्ना भएका छन् ।

गिरीलाई छाड्ने आदेश भएपछि गिरी विरुद्ध जाहेरी दिनेमहिलाले आफूमाथि न्यायलयले अन्याय गरेको बताएकी छन् । सोमबार पत्रकार सम्मेलन गरी पीडित महिलाले न्यालयबाट पनि आफू अन्यायमा परेको बताएकी हुन् ।

‘सिद्धबाबा भक्तले बारम्बरा धम्की दिइरहेका छन् । तर न हाम्रा लागि सुरक्षा भयो, न हाम्रा लागि न्याय भयो ।’ महिलाले भनिन ‘अब मैले न्याय खोज्न कहाँ जाने, अब के मरेपछि मात्रै हो न्याय चाहिन्छ भनेर आवाज उठाउने सारा संसारले ?’

उनले आफू न्यायलयबाट झन पीडित भएको बताइन् ‘म पटक पटक भनिरहेको छु म बलात्कृत भको हो भनेर’ उनले फेरी भनिन् ‘तर किन न्याय पाउदिन् । न्यायधिसले पनि त म माथी अन्याय गर्नुभयो ।’

उच्चमा निवेदन हाल्ने तयारी

जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले जिल्ला अदालतका विरुद्ध उच्च अदालत विराटनगरमा निवेदन हाल्ने भएको छ । प्रमाण हुँदा हुँदै गिरीलाई धरौटीमा छाडेपछि बुधबार उच्चमा निवेदन हाल्ने तयारी गरेको जिल्ला न्यायधिवक्ता गोकुल निरौलाले बताए ।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार गिरीलाई पूर्पक्षका लागि थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्ने आधार प्रमाण प्रसस्त्र थिए । सिद्धबाबाले टेलिफोन गरी घट्ना स्वीकार गर्नु, घटना पछि महिलालाई हप्काएको स्वीकार गर्नु र घटना अघि महिलालाई पठाएको म्यासेजले गिरीले करणी गरेको प्रमाणित हुने प्रस्सत आधार भएकाले जिल्लाको आदेश विरुद्ध उच्चमा निवेदन हाल्ने तयारी गरेको निरौलाले बताए ।

आइतबार र सोमबार गिरीको पक्षमा ६ जना र सरकारी वकिलको तर्फबाट आठजनाले बहस गरेका थिए । दुई दिनको बहस गरेका थिए ।

jackson ribon