birat ribon

भ्रमण वर्ष उद्घाटनको तयारी पूरा

Neuro
भ्रमण वर्ष उद्घाटनको तयारी पूरा

काठमाडौं १४ पुस । सन् २०२० जनवरी १ तारिख (पुस १६ गते) औपचारिक सुरु गरिने नेपाल भ्रमण वर्ष २०२० को सम्पूर्ण तयारी पूरा भएको । नेपाल भ्रमण वर्ष सचिवालयले सोमबार पत्रकारसम्मेलन गरी भ्रमण वर्षको दशरथ रङ्गशालामा उद्घाटन हुने भव्य समारोहको अन्तिम तयारी गरिएको जनाएको हो ।

राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्षको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

cura insider

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने छन् । यस्तै सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिने सचिवालयले जनाएको छ ।

प्रदेश १ मा विराटनगरको रङ्गशाला, प्रदेश २ मा जानकी मन्दिर परिसर, प्रदेश ३ को चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन गरिने छ ।

त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने सचिवालयले जनाएको छ । विभिन्न सांस्कृतिक झाँकी र प्रदर्शनीसहित उद्घाटन समारोहलाई भव्य बनाइनेछ ।

पत्रकार सम्मेलनमा भ्रमण वर्षको नेतृत्व गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जनवरी १ तारिखमा काठमाडौँको दशरथ रङ्गशालामा भ्रमण वर्षको भव्य शुभारम्भ गरिने तथा सोही दिन सातै प्रदेशमा भ्रमण वर्षको उद्घाटनको आवश्यक तयारी पूरा भएको बताए ।

मन्त्री भट्टराईले गत साउन १५ गते मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै अधिकांश समय नेपाल भ्रमण वर्षका लागि खर्चिएको र भ्रमण वर्षलाई सफल बनाउन १०० भन्दा बढी सङ्घसंस्थासँग सरकारी तथा सरोकारवाला निकायसँग छलफल र बैठक गरिएको बताए ।

सरकारले २० लाख पर्यटक भित्र्याउले लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको र यसबीचमा भएका छलफल पर्यटक भित्र्याउनेमा मात्र केन्द्रित नभई राष्ट्रिय एकता कायम गरी भ्रमण वर्षलाई कसरी राष्ट्रिय उत्सव र अभियानकै रूपमा मनाउन सकिन्छ भनेर सरोकारवालासँग छलफल गरिएको जानकारी मन्त्री भट्टराईको भनाइ छ ।


भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्षको उद्घाटन समारोहलाई भव्य र व्यवस्थित गर्न सबैखाले तयारी गरिएको बताए ।

उद्घाटन समारोहलाई नेपालमा हालै सम्पन्न दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताजस्तै भब्य बनाइने उनको भनाइ छ ।

यसैबीच नेपाल भ्रमण वर्ष २०२० लाई प्रारम्भको रुपमा लिएर आगामी सन् २०३० सम्मलाई पर्यटक दशकका रुपमा मनाइने भएको छ ।

पर्यटन मन्त्रालयका सचिव अधिकारीले पर्यटनमन्त्री भट्टराईले घोषणा गरेजस्तै भ्रमण वर्षको उद्घाटनलगत्तै पर्यटक दशकका रूपमा मनाउने अभियानमा जुट्ने र नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिपर्ने बताए ।

६ महिनाभित्र पर्यटन दशकको घोषण गरी आवश्यक पूर्वाधारका कामलाई तीव्रता दिइने उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षको पूर्वसन्ध्यामा डिसेम्बर २५ देखि नै विभिन्न कार्यक्रम गरिएको र आज साँझ ठमेललगायत स्थानबाट दिपावली गरी भ्रमण वर्षको पूर्व शुरुवात गरिने जानकारी दिए ।

jackson ribon