birat ribon

विराटनगर टिन कप कलेज क्रिकेटको उपाधि केएमसीले जित्यो

Neuro
विराटनगर टिन कप कलेज क्रिकेटको उपाधि केएमसीले जित्यो

विराटनगर । विराटनगर क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सम्पन्न विराटनगर टिन कप कलेज क्रिकेट लिगको उपाधि केएमसी टाइगरर्सले उचालेको छ ।

सोमबार सम्पन्न फाइनल खेलमा केएमसीले कान्तिपुर राइनोजलाई ९ विकेटले पराजित गर्दै उपाधि चुम्यो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरको खेलमा १७ ओभरमात्रै टिक्यो । १७ ओभरमा सबै विकेट गुमाई ६८ रनको झिनो स्कोर बनायो ।

cura insider

जवाफमा ६९ को विजय लक्ष्य पछ्याएको केएमसीले ८ ओभरमा १ विकेट गुमाउदै पुरा गर्याे । म्यान अफ द फाइनल केएमसीका सोनु मण्डल घोषित भए ।

म्यान अफ द सिरिज भानु कलेजका वीरेन्द्र माली घोषित भए । उत्कृष्ट बलर अर्किड कलेजका आदित्य मण्डल, उत्कृष्ट ब्याट्सम्यान अर्किडकै सचिन सहनी, उदयमान खेलाडी केएमसीका श्रवण किस्कू घोषित भए ।

पुष ७ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा विराटनगरका कलेजको सहभागी भएको क्लवका अध्यक्ष आषिश श्रेष्ठले बताए ।

jackson ribon