birat ribon

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

Neuro
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

कञ्चनपुर १४ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।

घरमा कोही नभएको मौका छोपी स्थानीय इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

cura insider

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताए । घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको उनको भनाइ छ । तीन महिना अघि विवाह गरी ल्याएका पत्नीकी तीन वर्षीया छोरीको हत्या गरेका हुन् ।

मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ । झड्केलो छोरीलाई बलात्कार गरेर हत्या गरेको आरोप लागेका चुनाराले अत्यधिक मदिरा सेवन गरेको अवस्थामा पक्राउ परेका प्रहरी प्रवक्ता चन्दले बताए ।

बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा उनले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

jackson ribon