birat ribon

फ्रेन्ड्ससँग बराबरीमा रोकियो मनाङ, उक्लियो शीर्ष स्थानमा

Neuro
फ्रेन्ड्ससँग बराबरीमा रोकियो मनाङ, उक्लियो शीर्ष स्थानमा

काठमाडौं, १४ पुस । काठमाडौंमा जारी कतार एयरवेज ए डिभिजन लिगमा साविकको विजेता मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ । सोमबार भएको खेलमा मनाङ फ्रेन्ड्स क्लबविरुद्ध १–१ गोलको बराबरीमा रोकिएको हो ।

सुरुआती अग्रता जोगाउन नसक्दा मनाङ बराबरीमा रोकिएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उक्त खेलको पहिलो हाफमा मनाङले अग्रता बनाएको छ । खेलको ११औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै मनाङलाई १–० गोलको अग्रता दिलाएका थिए ।

cura insider
aa

तर, दोस्रो हाफमा भारतीय खेलाडी उत्तम राईले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए । खेलको ६२ औँ मिनेटमा उत्तमले गोल गर्दै खेल बराबरीमा ल्याए । र, बाँकी समयमा गोल हुन नसक्दा दुवै क्लबले बराबरी अंक बाँडे ।

यस बराबरीसँगै मनाङको विजयी यात्रामा पूर्णबिराम लागेको छ । अपराजित रहेको उसले तीन खेलमा स्पष्ट जित र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ ।

यस नतिजासँगै ऊ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मच्छिन्द्रले सोमबारै भएको खेलमा न्यूरोड क्लब एनआरटीलाई हराउँदै ९ अंकसहित शीर्ष स्थान बनाएको थियो । तर, मछिन्द्रसँग समान खेल खेल्दै मनाङले १० अंक बनायो । र, शीर्ष स्थान कब्जा गर्‍यो ।

jackson ribon