birat ribon

‘ट्वीन्स गर्ल’को नृत्य रहेको ‘लभ डायरिज’को ‘छमछम’ सार्वजनिक (भिडियोसहित)

Neuro
‘ट्वीन्स गर्ल’को नृत्य रहेको ‘लभ डायरिज’को ‘छमछम’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १४ पुस । फिल्म ‘लभ डायरिज’ मा समावेश गरिएको गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘छमछम’ बोल रहेको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वरमा अर्जुन पोखरेलले शब्द तथा संगीत रहेको छ । गीतमा अभिनेता सुशील र नवअभिनेत्री रुविना थापाको नृत्यका साथ टिकटकबाट चर्चामा आएमा ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाले ठुमका दिएका छन् ।

cura insider

टिकटकमा निकै भाइरल भएका ‘ट्वीन्स गर्ल’ ले फिल्मको गीतमा पहिलो पटक नृत्य गरेका हुन् । सौरभ चौधरीको निर्देशनमा तयार गरिएको फिल्ममा शुशील र रुविनाका साथ विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीेलगायतका कलाकारको अभिनय छ ।

‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको यस फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सहनिर्माण छ । युवा–युवतीबीचको माया–प्रेम र कमेडीमा आधारित भएको फिल्म मनोरञ्जनात्मक मात्र नभएर एकदम सन्देशमुलक पनि रहेको छ ।

थुप्रै पटक प्रदर्शन मिति हेरफेर भइसकेको फिल्म अब आउँदो फागुन २ गतेबाट देशैभर प्रदर्शनमा आउने फिल्मका निर्देशक सौरभ चौधरीले जानकारी दिएका छन् ।

jackson ribon