birat ribon

मन्त्री नेम्वाङको निर्देशन : अलमल गरेर र फाइल घुमाएर नबसौं

Neuro
मन्त्री नेम्वाङको निर्देशन : अलमल गरेर र फाइल घुमाएर नबसौं

भक्तपुर, १४ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले अलमल गरेर र फाइल घुमाएर नबस्न निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्शनलाई निर्देशन दिएका छन् । भक्तपुरको कमलविनायबाट नगरकोट जाने सडकखण्डको सोमबार अनुगमन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

सडक छिटो सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री नेम्वाङले स्थानीयवासीको अवरोध नभई पूर्णरुपमा सहयोग हुँदाहँुदै व्यवसायीले काम रोक्नु विडम्बना भएको उल्लेख गरे । उनले आगामी चार महिनाभित्र सडक निर्माण पूर्णरुपमा सम्पन्न हुनुपर्ने बताए ।

cura insider

मन्त्री नेम्वाङले भने, ‘अब हिजोको जस्तो अवस्था छैन, नयाँ परिस्थितिमा नयाँ ढङ्गले गति लिनुपर्छ, विगतमा जस्तो ढिलाइ गर्ने निर्माण व्यवसायीको चालचलन पनि अब परिवर्तन हुनुपर्छ ।’ उनले भक्तपुर काठमाडौँको ट्राफिक जाम व्यवस्थापन गर्ने, कोटेश्वरमा सुरुङमार्ग बनाउने, फ्लाई ओभर बनाउने, हनुमन्ते करिडोर बनाएर जाम हटाउन, खाल्डाखुल्डी टाल्ने र साना आयोजना मात्रै नभई विकासका ठूला योजनाहरु शुरु गरेको जानकारी दिए ।

jackson ribon