birat ribon

पहिलो हाफमा फ्रेन्ड्सविरुद्ध मनाङलाई अग्रता

Neuro
पहिलो हाफमा फ्रेन्ड्सविरुद्ध मनाङलाई अग्रता

काठमाडौं, १४ पुस । काठमाडौंमा जारी कतार एयरवेज ए डिभिजन लिगमा अहिले साविकको विजेता मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबविरुद्ध खेलिरहेको छ । अहिले जारी उक्त खेलको पहिलो हाफमा मनाङले फ्रेन्ड्सविरुद्ध १-० गोलको अग्रताले अग्रता बनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेको उक्त खेलको ३८औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् । आजको यस खेलमा मनाङ फ्रेन्ड्सलाई हराउँदै शीर्ष स्थानमा उक्लने दाउमा छ ।

cura insider

अहिले मच्छिन्द्र क्लब ९ अंकसहित शीर्ष स्थानमा छ । मछिन्द्रभन्दा एक खेल कम खेलेको मनाङसँग समान ९ अकं नै भएपनि ऊ गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । अब फ्रेन्ड्सविरुद्ध जित निकालेमा मनाङ १२ अंक बनाउँदै शीर्ष स्थानमा उक्लने छ ।

jackson ribon