birat ribon

जाडोमा पटक–पटक उमाल्दै पानी पिउनु घातक

Neuro
जाडोमा पटक–पटक उमाल्दै पानी पिउनु घातक

विराटनगर, १४ पुस । जाडो महिनामा अधिकांश मानिसहरू तातो पानी पिउने गर्छन् । पानी तताएर पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । चिसो मौसममा पानी छिट्टै चिसो हुने हुँदा धेरै जसोले पटक–पटक फेरि त्यहीँ पानी तताएर पिउने गर्छौं ।

विभिन्न अनुसन्धानका अनुसार एकपटक उमालेको पानी चिसो भइसकेपछि त्यसलाई फेरि पटक–पटक उमालेर पिउनु स्वास्थ्यका लागि हानिकारक हुने निष्कर्ष निकालेका छन् । पानीलाई बारम्बार उमाल्दा पानीमा हुने आर्सेनिक, नाइट्रेट तथा फ्लोराइडको मात्रा बढ्छ र शरीरलाई नोक्सान पुग्ने हुन्छ ।

cura insider
asdf

पटक–पटक पानीलाई उमालेर पिउने गर्दा पानीका अणुहरूको संरचनामै परिवर्तन आउन सक्छ । पानीलाई १०० डिग्रीमा एक पटक मात्र उमालेर पिउने गर्नुपर्छ । यो तापक्रममा पानी उमल्दा पानीमा भएको तत्वलाई हानि हुँदैन बरु पानीमा भएका खराब ब्याक्टेरियाहरूलाई हटाउने गर्छ ।

पानी उमाल्दाखेरि त्यसमा भएका विभिन्न लवणहरूको रासायनिक प्रतिक्रियामा परिवर्तन आउँछ । उमालेको पानी चिसिएपछि ती लवणहरू जस्ताको त्यस्तै रूपमै आउँछन् । तर, फेरि त्यही पानीलाई पटक–पटक उमाल्नाले त्यसमा हुने रासायनिक प्रतिक्रियाले उक्त लवणहरूको संरचनामा असन्तुलन बनाएर नाइट्रेट नामक हानिकारक तत्त्वलाई छुट्याउँछ ।

पटक–पटकको उच्च तापक्रमले नाइट्रेटलाई विषाक्त पदार्थमा बदल्न सक्ने हुँदा स्वास्थ्यमा विभिन्न क्षति पुर्‍याउन सक्छ । एकपटक उमलिसकेको पानीलाई पटक–पटक उमालेर पिउने गर्दा मानिसको प्रजनन क्षमतामा असर, क्यान्सर, हृदयाघात, मस्तिष्कसम्बन्धी विभिन्न रोगहरूको खतराको सम्भावना बढाउँछ । त्यसैले, सकेसम्म एकैपटकमा धेरै पानी उमालेर राख्नुभन्दा आफूलाई चाहिएको जति थोरै उमाल्दै पानी पिउने गर्नुपर्छ ।

jackson ribon