birat ribon

एम्बाप्पे बने बार्सिलोनाका समर्थकले धेरै रुचाएका स्ट्राइकर

Neuro
एम्बाप्पे बने बार्सिलोनाका समर्थकले धेरै रुचाएका स्ट्राइकर

एजेन्सी, १४ पुस । फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका किलियन एम्बाप्पे स्पेनिस क्लब बार्सिलोनाका समर्थकहरूले धेरै रुचाएको स्ट्राइकर बनेका छन् । स्पेनिस मिडिया ‘मुन्डो डिपोर्टिभो’ले गरेको सर्वेक्षणका अनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार एमबाप्पे बार्सिलोनाका समर्थकहरूले धेरै रुचाएका स्ट्राइकर बनेका हुन् ।

asf

‘मुन्डो डिपोर्टिभो’का अनुसार एमबाप्पेले ४८.६६ प्रतिशत भोट पाउँदै रुचाएका स्ट्राइकरको सूचीमा शीर्ष स्थान बनाएका हुन् । बार्सिलोनाका समर्थकले रुचाएका स्ट्राइकरमध्ये इटालियन क्लब इन्टर मिलानका फरवार्ड लाउटारो मार्टिनेज दोस्रो स्थानमा छन् । अर्जेन्टिनी स्टार मार्टिनेजले १५.६६ प्रतिशत भोट पाएका छन् ।

cura insider

तेस्रो खेलाडीमा इंग्लिस क्लब टोटेनह्याम हटस्परका ह्यारी केन रहेका छन् । उनले ८.३३ प्रतिशत भोट पाएका छन् । बार्सिलोनाका पूर्वखेलाडी तथा पीएसजीका स्टार नेयमार भने चौंथो स्थानमा छन् । नेयमारले ७.३३ प्रतिशत भोट प्राप्त गरेका छन् ।

यसैगरी ४.३३ प्रतिशच भोट पाएका लिभरपुलका स्टार रोबर्ट फिर्मिनो यस सूचीको पाँचौं स्थानमा छन् भने म्यानेचस्टर युनाइटेडका मार्कुस राष्फोर्ड छैटौं स्थानमा छन् । राष्फोर्डले २ प्रतिशत भोट प्राप्त गरेका छन् ।

jackson ribon