birat ribon

‘रोनाल्डोजस्तै विश्वकै उत्कृष्ट बन्न चाहन्छन् डी लिग्ट’

Neuro
‘रोनाल्डोजस्तै विश्वकै उत्कृष्ट बन्न चाहन्छन् डी लिग्ट’

एजेन्सी, १४ पुस । युभेन्टसका पूर्वगोलरक्षक एड्विन भान डर सरले माथिस डी लिग्ट क्रिस्टियानो रोनाल्डोजस्तै विश्वकै उत्कृष्ट बन्न चाहेको बताएका छन् । ‘स्काई स्पोर्ट्स इटालिया’सँग बोल्दै रोनाल्डोका सहकर्मीसमेत रहेका भान डर सरले यस्तो बताएका हुन् ।

भान डर सरले सन् २००५ देखि २०११ सम्म इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट खेलेका थिए । रोनाल्डोसँग ४ वर्ष संगै खेलेका भान डर सरले आफ्नो देश नेदरल्याण्ड्सका स्टार डी लिग्ट रोनाल्डोजस्तै विश्वका उत्कृष्ट खेलाडी बन्न चाहने बताएका हुन् ।

cura insider

‘डी लिग्ट सधैं आफूलाई साबित गर्न प्रयासरत छन्’ उनले भने, ‘उनको चाहना भनेको रोनाल्डोजस्तै संसारकै उत्कृष्ट बन्नु हो । मैले अगाडि नै संसारका उत्कृष्ट रोनाल्डोसँग अनुभव संगालीसकेको छु । मैले रोनाल्डोसँग युनाइटेडमा सँगै खेलेको छु । र, अहिले डी लिग्टमा सोही चाहना छ । उनी उत्कृष्ट बन्ने भोकमा छन् ।’

jackson ribon