birat ribon

एनआरटीलाई हराउँदै मच्छिन्द्र ए डिभिजन लिगको शीर्ष स्थानमा

Neuro
एनआरटीलाई हराउँदै मच्छिन्द्र ए डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौं, १४ पुस । मच्छिन्द्र क्लब काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा न्यूरोड टिम एनआरटीविरुद्ध १–० गोलको जित निकाल्दै मछिन्द्रले शीर्ष स्थान बनाएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उक्त खेलमा मछिन्द्रलाई जिताउन एडिलाजा सोमिडेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ९०औं मिनेटमा विदेशी खेलाडी सोमीडीले गोल गर्दै मछिन्द्रलाई ३ अंक दिलाए । उनले विजय धिमालको पासमा हेड गोल गरेका थिए ।

cura insider

यससँगै मच्छिन्द्रले चार खेलमा ९ अकं जोडेको छ । समान ९ अकं नै जोडेको मनाङ मर्स्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । मनाङले शीर्ष स्थानका लागि फ्रेन्ड्स क्लबविरुद्ध खेल्दैछ ।

jackson ribon