birat ribon

यी १२ गल्ती, जसले मानव मस्तिष्कलाई कमजोर बनाउँछ

Neuro
यी १२ गल्ती, जसले मानव मस्तिष्कलाई कमजोर बनाउँछ

विराटनगर, १४ पुस । मानिसको उमेर बढेसँगै मानव मस्तिष्कको सोच्ने शक्ति र स्मरण शक्ति विस्तारै कमजोर बन्दै जान्छ । तर, खानपान, जीवनशैलीमा लापरवाही तथा प्रविधिका कारण समय अगावै धेरै मानिसहरूको स्मरण शक्ति कमजोर हुँदै गएको छ ।

मानिसहरूले आफ्नो स्मरण शक्ति बढाउनका लागि आफ्नो खानपानमा तथा दैनिक गरिने क्रियाकलापमा विशेष ध्यान दिन आवश्यक देखिन्छ । मानिसको जीवनमा दैनिक यी १२ कुराहरूबाट स्मरण शक्ति घट्दै गएको छ ।

cura insider
  • शरीरमा पानीको कमी
  • कार्बोहाइड्रेटयुक्त खानेकुराको अभाव
  • बढी चिल्लो, नुनिलो, जंक फूड तथा फ्राई खानेकुरा
  • समयमा खाना नाखाँदा
  • चिया, कफी, चुरोट, रक्सी तथा सुर्ती जस्ता पदार्थको सेवन
  • नकारात्मक सोचाई, एक्लोपन, मानसिक तनाव
  • पर्याप्त निन्द्राको कमी
  • नियमित रुपमा ब्यायाम नगर्दा
  • मोबाइल, ल्यापटप तथा टिभीमा घण्टौँ समय बिताउने
  • अत्यधिक इयरफोनको प्रयोग
  • अल्छि स्वभाव
  • धेरैको चुइङगम चपाउने बानीले

jackson ribon