birat ribon

महाधिवेशन निर्धारित मितिमा हुने सम्भावना छैन : कोइराला

Neuro
महाधिवेशन निर्धारित मितिमा हुने सम्भावना छैन : कोइराला

विराटनगर, १४ पुस । नेपाली कांग्रेका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुने सम्भावना नरहेको बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले २०७७ फागुनभित्र पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, विराटनगरमा पत्रकार सम्मेलन गरी कोइरालाले भने निर्धारित मितिमा महाधिवेशनको सम्भावना नरहेको बताए ।

cura insider

जिल्ला र प्रदेश र वडाको महाधिवेशनका लागि करिब एकमहिनाको समय निर्धारण गरेको बताउँदै उनले समय पार्याप्त नहुने बताए ।

राष्ट्रपतिको सक्रियता देशका लागि घातक

कोइरालाले पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीले देखाएको सक्रियता देशका लागि घातक हुनसक्ने कोइरालाले बताए । राष्ट्रप्रमुखले सक्रियता देखाउन नमिल्ने बताउँदै उनले पछिल्लो समय भण्डारीले देखाएको सक्रियता देशका लागि घातक हुनसक्ने बताएका हुन् ।

jackson ribon