birat ribon

‘परदेशी २’ मा गायक प्रशान्तलाई रिप्लेस गर्दै प्रकाश सपुत

Neuro
‘परदेशी २’ मा गायक प्रशान्तलाई रिप्लेस गर्दै प्रकाश सपुत

विराटनगर, १४ पुस । नेपाली सिनेमा क्षेत्रमा पछिल्लोसमय सिक्वेल फिल्म बन्ने क्रम निकै बढ्दो छ । त्यस्तै वि.स २०७२ सालमा रिलिज भएको फिल्म परदेशीको पनि सिक्वेल बन्ने भएको छ । चर्चित संगितकार एवं निर्देशक नारायण रायमाझीले ‘परदेशी २’ बनाउने घोषणा गरेका हुन् । ब्लकबस्टर बनेको परदेशी फिल्मको गीत तथा कथा दर्शकहरूले निकै रुचाएका थिए ।

परदेशीमा गायक प्रशान्त तामाङ र रजनी केसीको अभिनय रहेको थियो तर, सिक्वेलमा भने यी दुई भने हुँदैन । ‘परदेशी २’ मा भने चर्चित लोक गायक प्रकाश सपुत अब अभिनेता हुने भएका छन् । उनलाई निर्देशक नारायण रायमाझीले आफ्नो नयाँ फिल्म ‘परदेशी २’ मा अनुबन्ध गरेको जानकारी दिएका छन् । तर, यसबारे औपचारिक जानकारी पछि दिइने छ ।

cura insider

‘परदेशी’ को सिक्वेलका कारण प्रकाशले आफ्नो अभिनयको सपना पूरा गर्न लागेका हुन् । ‘परदेशी २’ मा गायक प्रशान्त तामाङलाई गायक प्रकाशले रिप्लेस गरेका छन् । फिल्म रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथाव्यथामा आधारित रहेको बताइन्छ । फिल्मको छायांकन फागुनबाट सुरु हुनेछ ।

jackson ribon