birat ribon

सर्वोत्त्कृष्ट फुटबलरको अवार्ड जितेपछि रोनाल्डोले भने, ‘अर्को वर्ष पनि जित्छु’

Neuro
सर्वोत्त्कृष्ट फुटबलरको अवार्ड जितेपछि रोनाल्डोले भने, ‘अर्को वर्ष पनि जित्छु’

एजेन्सी, १४ पुस । इटालीको च्याम्पियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो ‘बेस्ट मेन्स प्लेयर २०१९’ घोषित् भए । पोर्चुगिज स्टार रोनाल्डोले आइतबर दुबइमा आयोजित भब्य समारोहका बीच वर्ष खेलाडी बन्दै ‘ग्लोब सक्कर अवार्ड’ ग्रहण गरे ।

आइतबार राति दुबइमा आयोजित भब्य समारोहकाबीच युरोपियन एसोसियसन अप्m प्लेयर एजेन्ट नामक संस्थाले उनलाई उक्त अवार्ड दिएको हो । यस अवार्ड जितेपछि रोनाल्डोले आगामी वर्ष पनि यो अवार्ड जित्ने बताए । ‘म आशा गर्छु कि अर्को वर्ष पनि मैले नै यो अवार्ड जित्नेछु,’ उनले भने, ‘पक्कै पनि अर्को वर्ष पनि जित्छु ।’

cura insider
asf

‘मैले मेरो परिवारलाई धन्यवाद दिनैपर्छ’, उनले भने, ‘मेरी प्रेमिकालाई, मेरो छोरो क्रिस्टियानोलाई र मेरा तीन सन्तानलाई जसले मेरा लालिग होटलमा प्रतीक्षा गरिरहेका छन् । मेरा साथी, युभेन्टस र पोर्चुगलका सहकर्मी, मेरो एजेन्ट र यहाँ उपस्थित सबैलाई जसले मलाई समर्थन गरे ।’

यसैगरी उनले अरबिक समुदायलाई पनि धन्यवाद दिए । उनले भने, ‘अरिबक समुदायलाई पनि धन्यवाद, जो मेरा लागि सधैं महान् छन् । दुबइलाई धन्यवाद, यो मेरा लागि उत्कृष्ट ठाउँ हो, यहाँ म प्रत्येक वर्ष आउँछु । मलाई यो ठाउँको माया लाग्छ ।’

उक्त समारोहमा लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप बेस्ट म्यानेजर अफ् दि इयर घोषित् भएका थिए । यस्तै इंग्ल्याण्डकी खेलाडी लुकी ब्रोन्ज बेस्ट वुमन्स प्लेयर अफ् दि इयर घोषित् भएकी थिइन् ।

पुरुषतर्फ भने रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सी र लिभरपुलका स्टार भर्जिल भान डाइकलाई उछिन्दै यो अवार्ड जितेका हुन् । ३४ वर्षीय रोनाल्डोले छैटौं पटक यो अवार्ड जितेका हुन् । योसँगै उनी सर्वाधिक ग्लोब सकर अवार्ड जित्ने खेलाडी बनेका छन् । अवार्ड स्थापनाको १० वर्षमा रोनाल्डोले ६ पटक बाजी मार्दा मेस्सीले एक पटक मात्र जितेका छन् ।

यस पटक यो अवार्डको मनोनयमा लिभरपुलका स्टार भान डाइक र मेस्सीबाहेक मोहम्मद सालाह, साडियो माने, एलिसन बेकर, म्यानचेष्टर सिटीका बर्नान्डो सिल्भा परेका थिए । तर, आयोजक युरोपियन एसोसियसन अफ् प्लेयर एजेन्ट नामक संस्था र फुटबल विशेषज्ञको भोटिङमार्फत् छनौट भइ रोनाल्डोले यो अवार्ड हात पारे ।

२०१८–१९ को सिजनमा युभेन्टसलाई २ वटा उपाधि दिलाएको र आफ्नो राष्ट्र पोर्चुगललाई यूइएफए नेशन्स लिगको उपाधि दिलाएका उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

jackson ribon