birat ribon

ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

Neuro
ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर १४ पुस । मोरङको कर्सियामा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । रंगेली विराटनगर सडक खण्डअन्तरर्गत धनपालथान गाउँपालिका ३ को कर्सिया बजारमा ट्र्याक्टरको ठक्करले स्कुटरलाई ठक्कर दिएको हो ।

आइतबार साँझ पूर्वबाट पश्चिम आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई विपरित दिशातर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

cura insider

गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । स्कुटरमा सवार त्यही ठाउँका चन्द्रप्रसाद चौधरीको उपचार भइरहेको छ ।

ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ ।

jackson ribon