birat ribon

पत्रपत्रिकामा देश : महाकालीमा मौका छोप्दै भारत

Neuro
पत्रपत्रिकामा देश : महाकालीमा मौका छोप्दै भारत

विराटनगर १४ पुस । चिसो बढेकोले नेपालका बासिन्दा तल्लो क्षेत्र झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा धमाधम संरचना बनाउन थालेको छ ।

पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको बेला एकपक्षीय रुपमा संरचना बनाउन थालेको हो ।

cura insider

ब्यास गाउँपालिका १ पेल्सिती नजिकै महाकाली नदीमा अनुमति बेगर काठे पुल बनाएको छ । महाकाली नदीलाई प्रभावित गर्ने गरि भीर कटान गरेर सडक बनाउने कामलाई समेत भारतले तीव्र पारेको छ ।

०७४ सालमा पनि भारतले नेपालको अनुमति बेगर नै विभिन्न ठाउँमा काठेपुल बनाएको थियो । यस्तै नेपाली भूमिमै उसले एक्साभेटर समेत चलाएको कान्तिपुर दैनिकले खबर छापेको छ ।

जाडोको मौसममा नेपालीहरु तल्लो क्षेत्र झर्ने र भारतले यही बेला मौका छोपेर संरचना बनाउने कामलाई निरन्तरता दिँदै आएको स्थानीय जीवनसिंह बुढाथोकीले बताए ।

नागरिक दैनिकले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका विषयमा महत्त्वकांक्षी कार्यक्रम निराशाजनक कार्यान्वयन शिर्षकमा मुख्य समाचार छापेको छ ।

सरकारकाले कृषि क्षेत्रको रुपान्तरण गर्ने भनेर चार वर्ष अघिबाट सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिककिरण परियोजनाको वित्तीय तथा भौतिक प्रगति अत्यन्त कमजोर देखिएको छ ।

परियोजना अवधिको एक तृतीयांश समय सकिदाँ समेत यो कार्यक्रमको निराशाजनक स्थितिले निर्धारित लक्ष्य पुरा हुनेमा शंका उब्जाएको छ ।

२०७३ सालमा १० वर्षको लागि भनेर सुरु गरिएको परियोजनाका लागि अवधिभर १ खर्ब ३० अर्ब ७४ करोड बजेट खर्च गर्ने प्रक्षेपण छ ।

स्वदेशी सोच र लगानी भनेर प्रचार गरिएको यो परियोजनाको पहिलो पहिलो तीन आर्थिक वर्षमा २२ अर्ब ५८ करोड बजेट आवश्यक पर्ने प्रक्षेपण गरिएकोमा सरकारले १५ अर्ब रुपैयाँ मात्रै विनियोजन गरेको छ ।

अन्नपूर्ण पोष्टमा केन्द्रनिर्भर प्रदेश शिर्षकमा मुख्य समाचार छ । नेकपा सचिवालयले प्रदेश नम्बर ३ को नाम र राजधानी तोकेको खबरलाई अन्नपूर्णले मुख्य समाचार बनाएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र केन्द्र हेटौंडा तोकेको छ । प्रदेश ३ मा नेकपाको दुई तिहाई बहुमत छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय सचिवालयले नाम बागमती र राजधानी हेटौंडा तोकेको बताए ।

jackson ribon