birat ribon

पत्रपत्रिकामा प्रदेश : दोस्रो चौमासिक सकिन लाग्दा पूँजीगत खर्च ५ प्रतिशत मात्रै

Neuro
पत्रपत्रिकामा प्रदेश : दोस्रो चौमासिक सकिन लाग्दा पूँजीगत खर्च ५ प्रतिशत मात्रै

विराटनगर १४ पुस ।

मुख्यमन्त्री शेरधन राईले चालु आर्थिक वर्षको बजेट तेश्रो चौमासिक सकिन एक महिना बाँकी हुदाँ खर्च गरिसक्नु पर्ने बाध्यात्मक निर्देशन दिएपनि हालसम्मको खर्च सन्तोषजनक छैन् ।

cura insider

पर्यटन वर्ष २०२०लाई मौलिक रुपमा भव्यताको साथ उद्घाटन गर्ने तयारी भइरहदाँ तालुकदार मन्त्रालय उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको खर्च झनै न्युन छ ।

आइतबार प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण समितिले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत र सचिव सञ्जिवकुमार राईसँग मन्त्रालयको खर्च निरासाजनक रहेको भन्दै असन्तुष्टि जनाएको छ ।

दोस्रो चौमासिक सकिन लाग्दासमेत पूँजीगत खर्च ५ प्रतिशत मात्रै रहेको भन्दै समिति सदस्य एवं सांसद लिलम बस्नेतले असन्तुष्टि जनाएको खबर उद्घोष दैनिकले छापेको छ ।

खर्च प्रगतीमाथि प्रश्न उठेपछि कमजोरी स्वीकारर्दै सचिव राईले वन तथा वातवारण बाहेकका मन्त्रालयको अन्य कार्यक्षेत्रको बजेट खर्च हुने आधार बल्ल तयार हुँदै गएको र अब बजेट खर्च गर्न समस्या नभएको बताए ।

ब्लाष्ट टाइम्सले भेट्न बोलाएर प्रेमिकाको हत्या शिर्षकमा मुख्य समाचार छापेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फूलबारीकी मन्दिरा अधिकारीको हत्या आरोपमा पक्राउ रमेश अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अधिकारीलाई सार्वजनिक गरेको हो । गत १७ मंसिरदेखि बेपत्ता भएकी मन्दिराको खोजी गरिदिन अभिभावकले आग्रह गरेपछि प्रहरीले अनुसन्धानको क्रममा ९ पुसमा रमेशलाई पक्राउ गरेको थियो ।

२७ वर्षीय अधिकारीलाई व्यक्ति बेपत्ता पारेको कसूरमा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फूयाँलले रमेशले मन्दिरालाई तमोर नदीको पुलबाट नदीमा फ्यालेको स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार रमेश र मन्दिराको गहिरो प्रेम थियो । रमेशले अर्कैलाई विवाह गर्ने बताएपछि उनीहरुबीच विवादमा घटना भएको जनाएको छ ।

कान्तिपुर दैनिकमा पर्यटन वर्षमा होटहलहरुले पर्यटकलाई छुट दिने समाचार छापेको छ । प्रदेश १ का होटल व्यवसायीहरुले विदेशी पाहुनालाई बासमा ३० प्रतिशत र खानमा १५ प्रतिशत छुट दिने भएका छन् । विदेशी पाहुनालाई खान र बासमा छुट दिने व्यवस्था वर्षभर गरिने क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठले बताए ।

jackson ribon