birat ribon

‘लण्डन डर्बी’मा चेल्सीको जित, आर्सनल आफ्नै मैदानमा पराजित

Neuro
‘लण्डन डर्बी’मा चेल्सीको जित, आर्सनल आफ्नै मैदानमा पराजित

विराटनगर, १४ पुस । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत ‘लण्डन डर्बी’मा चेल्सीले जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलकै घरेलु मैदानमा भएको उक्त खेलमा आर्सनलले सुरुआती अग्रता बनाएको थियो । तर, चेल्सीले आर्सनलले बनाएको सुरुआती अग्रता उल्टाएर जित निकालेको हो । आर्सनलले खेलको १३औं मिनेटमा पिएरे एम्रिक औवामियाङको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ८३औं मिनेटमा चेल्सीका जोर्गीन्होले गोल गर्दै खेल बराबरीमा फर्काए ।

cura insider

त्यसपछि खेलको ८७औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । यस जितसँगै लिगको चौथो स्थानको चेल्सीले २० खेलबाट ३५ अंक जोडेको छ । आर्सनल १२ औं स्थानमा रहेको छ । उसँग २४ अंक छ ।

jackson ribon