birat ribon

सिटी जितको बाटोमा फर्कियो, घटायो लेइस्टरविरुद्धको अंक दूरी

Neuro
सिटी जितको बाटोमा फर्कियो, घटायो लेइस्टरविरुद्धको अंक दूरी

विराटनगर, १४ पुस । इंग्लिस प्रिमियर लिगमा साविकको विजेता म्यानचेष्टर सिटीले जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले सेफ युनाइटेडविरुद्ध २–० गोलको जित निकालेको हो ।

आफ्नै मैदानमा भएको खेलमा सिटीलाई जिताउन सर्जियो अगुएरो र केभीन डी ब्रुनेले समान एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा दोस्रो हाफमा नै सिटीले गोल गरेको हो । खेलको ५२औं मिनेटमा अगुएरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए भने ८२औं मिनेटमा ब्रुनेले गोल गर्दै २–० गोलको जित दिलाए ।

cura insider

यस जितसँगै सिटीले २० खेलबाट ४१ अंक बनाएको छ । लिगको तेस्रो स्थानमा रहेको लिभरपुलले आफूभन्दा माथि रहेका क्लबविरुद्ध अंकदूरी घटाएको छ । शीर्ष स्थानको लिभरपुलसँग ५५अंक छ भने दोस्रो स्थानको लेइस्टर सिटीसँग ४२ अंक छ । सिटी लिभरपुलभन्दा १४ अंकले पछि छ भने लेइस्टरभन्दा १ अंकले पछि छ ।

jackson ribon