birat ribon

लिभरपुलले बनायो लगातार ५० खेलमा अपराजित रहने कीर्तिमान

Neuro
लिभरपुलले बनायो लगातार ५० खेलमा अपराजित रहने कीर्तिमान

विराटनगर, १४ पुस । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार ५०औं खेलमा अपराजित रहने कीर्तिमान बनाएको छ । आइतबार राति भएको खेलमा वुल्भसविरुद्ध जित निकाल्दै लिभरपुलले यो कीर्तिमान बनाएको हो ।

लिगमा लिभरपुलले यो सिजन लगातार १९ खेलमा अपराजित रह्यो । आफ्नै मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वुल्भ्सविरुद्ध १–० गोलको जित निकाल्यो । खेलको ४२औं मिनेटमा साडियो मानेले गरेको गोल नै लिभरपुलका लागि निर्णायक गोल बन्यो ।

cura insider

यस्तै खेलको ४५औं मिनेटमा वुल्भ्सले पनि गोल गरेको थियो । तर सो गोललाई भीएआरले अफसाइड दियो । बाँकी समय गोल हुन नसकेपछि अघिल्लो खेलमा साविकको विजेता म्यानचेष्टर सिटीलाई हराएको वुल्भसविरुद्ध लिभरपुलले १–० गोलको जित निकालेको हो ।

यस जितसँगै शीर्ष स्थानको लिभरपुलले १९ खेलबाट ५५ अंक बनाएको छ । उसले दोस्रो स्थानको लेइस्टर सिटीभन्दा १३ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको लेइस्टरसँग २० खेलबाट ४२ अंक छ ।

jackson ribon