birat ribon

निजी विद्यालयलाई नियमन र सामुदायिकलाई प्रोत्साहन आवश्यक : प्रचण्ड

Neuro
निजी विद्यालयलाई नियमन र सामुदायिकलाई प्रोत्साहन आवश्यक :  प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएकाछन् ।

चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक धारणा व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले विकसित देशले अहिले पनि शिक्षामा लगानी बढाएको बताउँदै नेपाल जस्तो पिछडिएका देशमा शिक्षामा लगानी अभिवृद्धि गर्नुपर्ने खाँचो रहेको बताए ।

cura insider

अध्यक्ष प्रचण्डले निजी विद्यालयलाई नियमन र सामुदायिक विद्यालयलाई प्रोत्साहन दिनुपर्ने बताए । अहिले सामुदायिक विद्यालयले पनि शैक्षिक गुणस्तरमा राम्रो सुधार गरिरहेको उनले बताए ।

jackson ribon