birat ribon

समाजिक सञ्जालबाट जिस्काए पन्ध्र लाख जरिवाना

Neuro
समाजिक सञ्जालबाट जिस्काए पन्ध्र लाख जरिवाना

काठमाडौं । प्रमुख प्रतिपक्षीको विरोधका बीच सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने गरी सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित भएको छ ।

संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको हो । प्रमुख विपक्षी नेपाली कांग्रेसको विरोध गर्दागर्दै समितिको आइतबारको बैठकले बहुमतका आधारमा विधेयकको प्रतिवेदन पास गरेको हो ।

cura insider

अब विधेयक प्रतिनिधिसभामा पेश हुनेछ र, दुबै सदनले पास गरे कानून बन्ने छ । यो कानून लागु भएमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्पेषण गरेमा पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने हुनेछ ।

सरकारले विधेयकमा यस्तो अभियोगमा तीन वर्षसम्म कैद वा तीस हजारसम्म जरिवाना वा दुबै सजाय गर्ने प्रस्ताव गरेको भएपनि संसदीय समितिले झनै जरिवाना र सजाय बढाएको हो ।

समितिले सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउँदा हुने सजाय र राष्ट्रिय एकता र स्वाधीनतामा खलल पुग्ने कुनै विषय सम्प्रेषण गर्दा हुने सजाय समान बनाएको छ ।

राष्ट्रिय एकता र स्वाधीनतामा खलल पुग्ने विषय सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा पनि ५ बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुनेछ ।

jackson ribon