birat ribon

मधुमेह रोगीले यस्ता कुरामा ध्यान दिनै पर्छ

Neuro
मधुमेह रोगीले यस्ता कुरामा ध्यान दिनै पर्छ

विराटनगर १३ पुस । मधुमेहका बिरामीले नियमित रुपमा सुगर लेभल जाँच गराइरहनु पर्छ । ब्लड सुगरको मात्रा नियन्त्रण बाहिर भए धेरै खालका समस्या देखिन सक्छ ।

त्यसैले सचेत हुनै पर्छ । नियमित परीक्षण् गरी उपचार गरे खासै असर नगरेपनि अलिकति लापरवाही भए ज्यानै जाने जोखिम पनि हुने हुँदा यसमा ध्यान दिन चिकित्सकहरुको सल्लाह छ ।
डाइविटिजबढे वा घटेमा खानपान पनि बदल्न आवश्यक हुन्छ ।

cura insider

तर यही कुरामा मात्रा नमिल्दा बिरामीहरु समस्यामा पर्ने गर्छन् । यस्तो गल्ति गर्नबाट भने सकेसम्म बच्नु पर्ने हुन्छ । सुगरका बिरामीले बिहानको नास्ता छोड्नु हुन्न ।

जस्तो सुकै अवस्था आएपनि बिहान नास्ता गरेर मात्रै घरबाट निस्किने गर्नु राम्रो हो । नास्ता नगर्दा ब्लड सुगर लेबल बढ्ने गर्छ ।

रगतमा सुगर लेभल बढी भए कम गराउने खालका खानेकुरामा बढी जोड दिनु पर्छ । तर केही कुराको निर्णय लिनु भन्दा पहिले चिकित्सको सल्लाह लिन आवश्यक हुन्छ ।

सुगर लेभल लगातार बढ्दै गएको भए त चिकित्सकसँग परामर्श गरिहाल्नु नै उत्तम हुन्छ ।

jackson ribon