नयाँ वर्षमा खुला दौड प्रतियोगिता हुने

विराटनगर १३ पुस । मदन भण्डारी स्पोर्टस् एकेडेमी मोरङले १६ पुसमा विराटनगरको सहीद रङ्गशालामा खुल्ला दौड प्रतियोतिता सञ्चालन गर्ने भएको छ । एकेडेमीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोजविक्रम शाहले युवालाई खेलकूदमा सक्रिय बनाउन तथा आपसी भाइचारा कायम गर्न दौड प्रतियोतिताले सहयोग पुग्ने बताए ।

प्रतियोगितामा महिलातर्फ तीन किमि तथा पुरुषतर्फ पाँच किमि दौडको आयोजना गरिने छ । प्रतियोगितामा पाँच सय जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

Loading...