birat ribon

पुल सञ्चालनमा आएपछि रोकिएका ट्रक नेपाल आउन थाले

Neuro
पुल सञ्चालनमा आएपछि रोकिएका ट्रक नेपाल आउन थाले

विराटनगर १३ पुस । पुलको समस्याको कारण विराटनगर सीमा नजिकै भारतीय क्षेत्रमा रोकिएका ट्रक नेपाल प्रवेश गर्न सुरु भएको छ ।

सीमा छेउ रोकिएका करिब २ हजार ट्रक नेपाल प्रवेश गर्न थालेका हुन् । ९ दिनदेखि बन्द रहेको मीरगञ्ज पुल सञ्चालनमा आएको हो ।

cura insider

भारत बथनाहको मिरगञ्ज पुल सञ्चालनमा आएपछि रोकिएका ट्रक आउन थालेको भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी मणिराम पौडेलले बताए ।

पुल मर्मतको लागि भन्दै भारतले डिसेम्बर १९ देखि मालबहाक सवारी साधन आवत जावतमा रोक लगाएको थियो । पुलको मर्मत सकेर भारतले शुक्रबार रातिदेखि सवारी आवागमन सुचारु गरेको हो ।

तर यो पुल ९ जनवरी पछि फेरी बन्द हुने छ । मर्मतका लागि जनवरी २० तारेखसम्म बन्द भारतीय पक्षले जनाएको छ । ९ दिनसम्म भएको अवरोध खुलेकाले अहिले भारतबाट नेपालतर्फ आएका मालवाहक सवारी साधनको लामो लाइन लागेको छ ।

jackson ribon