birat ribon

चन्दा उठाउन हिडेका विप्लव समुहका इञ्चार्ज हतियारसहित पक्राउ

Neuro
चन्दा उठाउन हिडेका विप्लव समुहका इञ्चार्ज हतियारसहित पक्राउ

विराटनगर, १३ पुस । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मोरङका इन्र्चाजसहित तीन जना कार्यकता हतियारसहित पक्राउ परेका छन् । चन्दा संकलन गर्न हिडेका तीनजनालाई मोरङ प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।

cura insider

पक्राउ पर्नेमा विप्लव समूह मोरङका इन्चार्ज सुन्दरहरैचा नगरपालिका –१० का ५० वर्षीय नरेश भनिने कृष्ण चौलागाई, मोरङ सञ्चार विभाग प्रमुख विराटनगर ८ का ३० वर्षीय क्षितिज पौडेल र पथरीशनिश्चरे नगरपालिका ३ सिद्धार्थ टोलका ५६ वर्षीय चिरञ्जीवि धिताल छन् ।

प्रहरीले उनीहरुले प्रयोग गर्दै आएको १ थान कटुवा पेस्तोल र २ थान गोली बरामद गरेको छ । बेलबारी नगरपालिका – ५ रामपुर स्थित सुनसरी–मोरङ आयोजनाको नहर नजिकैको केराबारीमा लुकाई राखेको अवस्थामा हतियार बरामद भएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार चन्दा संकलनका लागि हिडेका विप्लव समुहका नेतालाई विषेश सूचनाका आधारमा पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई प्रहरीले आइतबार मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

सुनसरी प्रहरीले शनिबार बिहान विप्लव समुहको मेची–कोशी इन्चार्ज उमा भूजेल मेची–कोसी ब्यूरो कार्यालय सचिव सुमनसिंह पौडेललाई पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले एक थान रिभल्बर र ५ राउण्ड गोली पनि बरामद गरेको छ । दुई जना उपर चेकजाँच गर्दा स्कुटरको पछाडि बसेकी उमाको साथबाट मेड इन यूएसए लेखेको रिभल्बर र ५ थान गोली तथा ५ वटा मोवाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

स्कुटर चालक झापाको दमक बेलडाँगीका ३० वर्षीय सुमन सिंह पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।

मोरङको पथरी शनिश्चरे क्षेत्रमा बैठक बसी छुटेका पाँच मध्ये तीनजनालाई माेरङ प्रहरीले सोही दिन पक्राउ गरेको थियो । उमा र सुमनलाई भने सुनसरी चक्रघट्टीबाट पक्राउ गरेको हो । चन्दा संकलन गर्न हिडेको अवस्थामा उनीहरु समातिएका हुन् ।

पाँचहजारदेखि पाँचलाखसम्म चन्दा

प्रहरी स्रोतका अनुसार मोरङ र सुनसरीमा पक्राउ परेका पाँचजनाले चन्दा आतंक मच्चाईरहेका थिए । स्थानीय तह र व्यापारीलाई धम्काउदै उनीहरूले पाँच हजारदेखि पाँचलाखसम्म चन्दा मागिरहेका थिए ।

विप्लव समुहले स्थानीय सरकार प्रमुख र व्यापारीलाई चन्दा नदिए धम्कीसमेत दिने गरेका थिए ।

‘चन्दा उठाउन एउटै व्यक्तीले ५–६ वटासम्म सीम प्रयोग गरेको देखिन्छ ।’ प्रहरीस्रोत भन्छ ‘ केही स्थानमा पत्र पनि पठाएका छन् ।’

पाँच नेता पक्राउ परेपछि पूर्वमा विप्लव समुहकाे नेटवर्क ध्वस्त भएको प्रहरीले दाबि गरेको छ ।

jackson ribon