birat ribon

सिद्धबाबाको मुद्दा हेर्दा हेर्दैमा

Neuro
सिद्धबाबाको मुद्दा हेर्दा हेर्दैमा

विराटनगर,१३ पुस । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा हेर्दा हेर्दैमा बसेको छ । जिल्ला अदालत सुनसरी न्यायधिस राधाकृष्ण उप्रेतिको इजलासमा कानुन व्यावसायीको बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।

आइतबार बादीको तर्फबाट ६ जना सरकारी वकिलसहित आठ जनाले बहस गरेका थिए । प्रतिवादी गिरीको तर्फबाट तीनजाले बहस गरेको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नन्दकेसरी पोखरेलले जानकारी दिए ।

cura insider

उनका अनुसार प्रतिवादीको तर्फबाट वकालत नामा भरेका मध्ये तीनजनाले सोमबार बहस गर्नेछन् । बहस पछि अदालतले थुनछेक आदेश गर्नेछ । मुद्दा हेर्दा हेर्दैमा रहेपछि प्रहरीले सिद्धबाबालाई विराट नर्सिङहोममा नै पठाएको छ ।

४ कात्तिकमा महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका कृष्णदास १६ मंसिरमा पक्राउ परेका थिए ।

बलात्कारको आरोप लागेपछि विराटनगरको मुनालपथस्थित विराटनर्सिङ होममा क्याबिनमा उपचारका लागि १२ मंसिर दिउँसो भर्ना भएका थिए ।

कृष्णदासलाई १६ मंसिर बिहान ५ बजे सुनसरी प्रहरीले पक्राउ गरेर पहिलो पटक अदालतबाट ४ दिनको, २० मंसिरमा दोस्रो पटक ५ दिनको, २७ मंसिर तेस्रो पटक ७ दिनको, ३० मंसिरमा चौथो पटक ७ दिनको र ७ पुसमा पाँचौ पटक ३ दिनको म्याद थप गरी बिहीबार अदालतमा मुद्दा पेस भएको थियो । शुक्रबार गिरीको बयान लिइएको थियो ।

jackson ribon