birat ribon

यी दश बानी, जसले तपाईंको ‘किड्नी फेल’ गराउन सक्छ

Neuro
यी दश बानी, जसले तपाईंको ‘किड्नी फेल’ गराउन सक्छ

विराटनगर, १३ पुस । मृगौला मानव शरीरका सर्वाधिक महत्वपूर्ण अङ्ग हो । मृगौलाले शरीरमा पानी, तरल पदार्थ, खनिज तथा सोडियम, पोटासियम जस्ता इलेक्ट्रोलाइट रासायनिक पदार्थको सन्तुलन कायम राखी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर फ्याँक्ने काम गर्छ ।

मृगौलाले सही ढंगबाट काम गर्न नसक्दा एउटा व्यक्ति गम्भीर बिरामी हुन वा उसको मृत्युसमेत हुन सक्छ । हामीले सामान्य रुपमा दैनिक गर्ने कामहरूले गर्दा नै हाम्रो मृगौला खराब हुने गर्छ । यस्ता छन् हामीले गर्ने लापरवाहीहरू :

cura insider
  • शरीरलाई चाहिने जति आवश्यक पानी नपिउने वा चाहिनेभन्दा धेरै पिउने
  • नुनको अत्यधिक प्रयोग
  • धेरै समयसम्म पिसाब रोक्ने
  • पर्याप्त मात्रामा नसुत्ने (दैनिक ७ देखि ८ घण्टा)
  • अत्यधिक गुलियोको सेवन
  • रक्सी तथा चुरोटको सेवन
  • अत्यधिक प्रोटिनयुक्त खानेकुराको सेवन
  • व्यायामको कमी
  • लगातार एउटै ठाउँमा घण्टौं बस्दा
  • डाक्टरको परामर्श नलिइ खाएको पेनकिलर तथा अन्य औषधिहरू

jackson ribon