birat ribon

‘महाभारत’ मा दीपिका द्रौपदी र ऋतिक कृष्ण

Neuro
‘महाभारत’ मा दीपिका द्रौपदी र ऋतिक कृष्ण

विराटनगर, १३ पुस । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण द्रौपदीको भूमिका निर्वाह गर्ने भएकी छन् । नितेश तिवारीको निर्देशनमा तयार हुने फिल्म ‘महाभारत’मा आधारित फिल्ममा दीपिका द्रौपदीको भूमिकामा देखिने भएकी हुन् ।

मधु मन्टेनाले निर्माण गर्ने चलचित्रमा दीपिका सह निर्माता रहने भएकी छन् । यो दीपिकाले निर्माण गर्न लागेको पहिलो फिल्म भने होइन । फिल्ममा दीपिकाको साथमा अभिनेता ऋतिक रोशन पनि देखिने पक्का भएको छ । ऋतिकले भगवान् कृष्णको भूमिका निभाउने बलिउड मिडियाहरूमा उल्लेख गरिएको छ ।

cura insider

‘महाभारत’ लाई विभिन्न पार्टहरूमा निर्माण गरिने भएको छ भने फिल्मलाई द्रौपदीको पाटोबाट फिल्म निर्माण हुने भएको छ । फिल्मको पहिलो पार्ट सन् २०२१ को दीपावलीमा प्रदर्शन गरिने भएको छ ।

यतिबेला दीपिकाको अभिनय तथा लगानी रहेको फिल्म ‘छपाक’ प्रदर्शनको सँघारमा छ । फिल्म जनवरी १० मा प्रदर्शनमा आउने छ ।

jackson ribon