birat ribon

‘ला लिगाभन्दा प्रियिमर लिग उत्कृष्ट’

Neuro
‘ला लिगाभन्दा प्रियिमर लिग उत्कृष्ट’

एजेन्सी, १३ पुस । बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डि योङले स्पेनिस ला लिगाको तुलनामा इंग्लिस प्रिमियर लिग उत्कृष्ट रहेको बताएका छन् । यसै सिजन डच क्लब आयाक्सबाट क्याम्प नोउ आएका डी योङले एक अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् ।

ss

बार्सिलोनाबाट १८ खेल खेल्दा एक गोल गरेका उनले ला लिला विश्वकै उत्कृष्ट सोच्ने गरेको भए पनि आफूले खेलिरहेको लिगभन्दा प्रिमियर लिग उत्कृष्ट रहेको बताएका हुन् । प्रिमियर लिगको स्तर ला लिगाभन्दा केही उच्च रहेको बताउँदै उनले भने, ‘म सोच्थेँ कि ला लिगा विश्वकै सबैभन्दा उत्कृष्ट फुटबल लिग हो । तर, मैले अहिले भोगेको छु र तपाईंले पनि हेर्न सक्नु हुनेछ, युरोपको घरेलु लिगहरूको प्रतिस्पर्धा कस्तो छ भनेर ।’

cura insider

‘स्पेनिस क्लब सधैँ च्याम्पियन्स लिग र युरोपा लिगको लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्’, उनले थपे, ‘तर केही वर्षयता इंग्लिस क्लबले आफ्नो क्षमता देखाइरहेका छन् । स्किलको कुुरा गर्ने हो भने ला लिगा राम्रो छ । तर, तीब्रता व्यवस्थापनको विषयमा भने इंग्लिस क्लब उच्चस्तरका छन् ।’

jackson ribon