birat ribon

दैनिक यति घण्टा सुत्दा स्वस्थ हुन्छ मुटु

Neuro
दैनिक यति घण्टा सुत्दा स्वस्थ हुन्छ मुटु

विराटनगर, १३ पुस । पर्याप्त निद्रा नपुग्दा रोगहरू निम्तिने अधिकांश मानिसहरूलाई थाहा भएपनि ८ घन्टाभन्दा बढी सुत्नाले पनि मुटुसम्बन्धी विभिन्न प्रकारको रोग लाग्ने खतरा हुने गर्छ । ६ घण्टाभन्दा कम सुत्नाले मुटुको धड्कनमा गढबडी आउने हुँदा हृदयाघातको कारण बन्न सक्छ ।

अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित गरेको स्पेनिस नेशनल सेन्टर फर कार्डियोभास्कुलर रिसर्च (सिएनआइसी)को अनुसन्धानले ६ घण्टाभन्दा कम सुत्ने र ७–८ घण्टा सुत्ने मानिसको तुलना गर्दा ७–८ घण्टा सुत्ने मानिसमा हृदयसम्बन्धी रोग हुने खतरा ३५ प्रतिशतले कम हुने निस्कर्ष निकालेको छ ।

cura insider

पर्याप्त निद्रा नपुग्नाले तथा अत्यधिक मात्रामा सुत्नाले ऐथिरोस्क्लेरोसिसको खतरा हुन सक्छ । ऐथिरोस्क्लेरोसिस एउटा यस्तो रोग हो, जसका कारण धमनीमा ‘प्लाक’ जम्ने खतरा हुन्छ । अनुसन्धानकर्ताले पुरुषको तुलनामा भन्दा ८ घण्टा भन्दा धेरै सुत्ने महिलामा मुटुसम्बन्धी रोगको खतरा ज्यादा हुने पत्ता लगाएका छन् । अनुसन्धानमा संलग्न डा. वेलिन्टिन फ्युस्टका अनुसार गुणस्तरीय निद्राले हानिकारक तत्वलाई टाढा राखे पनि चुरोट, रक्सी र क्याफिनको सेवनले निद्रालाई प्रभावित गर्छ ।

औषधिको तुलनामा सुत्ने तरिकामा परिवर्तन गर्नु मुटुको रोगको उपचारमा धेरै प्रभावकारी हुने पाइएको छ । ६ घन्टाभन्दा कम सुत्नेहरूमा मुटुरोगको खतरा २७ प्रतिशतले बढी भएको र आरामदायी निद्रा निदाउन सक्नेको तुलनामा रातमा राम्रोसँग निदाउन नसक्नेहरूमा मुटुसम्बन्धी रोग हुने खतरा ३४ प्रतिशतले बढी भएको अध्ययनले देखाएको छ ।

jackson ribon