birat ribon

रोनाल्डोको चाहना : सन्यास लिएपछि फिल्ममा अभियन गर्छु

Neuro
रोनाल्डोको चाहना : सन्यास लिएपछि फिल्ममा अभियन गर्छु

एजेन्सी, १३ पुस । पोर्चुगलका स्टार खेलाडी तथा इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले सन्यासपछि फिल्म बनाउने आफ्नो चाहना रहेको बताएका छन् । अघिल्लो वर्ष मात्र स्पेनिस क्लब रियल मड्रिडबाट सिरी ‘ए’ खेल्न इटाली आएका रोनाल्डोले एक अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् ।

अन्तर्वार्ताका क्रममा रोनाल्डोले आफूलाई फिल्मक्षेत्र मन पर्ने बताउँदै भने, ‘मैले खेलबाट सन्यास लिएपछि फिल्म क्षेत्रमा होमिन्छु । फिल्म बनाउँछु । अभिनय गर्छु । सन्यासपछि मेरो हात फिल्म क्षेत्रमा अगाडि बढ्नेछ ।’

cura insider
sdf

रोनाल्डोले आफूले ४० वर्षको उमेरपछि मात्र सन्यास लिने संकेत दिए । ‘दुबई इन्टरनेशनल स्पोर्ट्स’को पत्रकार सम्मेलनका क्रममा बोल्दै रोनाल्डोले भने, ‘केही वर्ष अगाडि फुटबल खेल्ने उमरे ३० देखि ३२ सम्म मानिन्थ्यो । तर, अहिले ४० वर्षको उमेरसम्म पनि मैदानमा खेलिरहेको देख्न सकिन्छ ।’

‘यसै तरिकाले मैदानमा उत्रिँदा मेरो शरीरले साथ नदिन सक्छ र मैले खेलबाट बिदा लिने बेला हुन्छ,’ उनले भने, ‘म सन्यास लिएपछि पढाइलाई निरन्तरता दिन्छु । र, अर्को एउटा चुनौतीपूर्ण कुरा पनि छ मेरो जीवनमा । त्यो हो फिल्ममा अभिनय गर्नु । म आशा गर्छु कि ५० वर्षपछिको मेरो समय यस्तै चुनौतीपूर्ण कुराहरूमा बित्नेछ ।’

यसैगरी उनले फुटबलबाट सन्यास लिएपछि प्रशिक्षक बन्नेबारे आफूले योजना नबनाएको बताए । ‘प्रशिक्षक बन्ने योजना छैन,’ उनले भने, ‘फुटबलबाट सन्यासपछि म आफ्नो अंग्रजी भाषामा सुधार गरी फिल्म बनाउन चाहान्छु ।’

jackson ribon