birat ribon

अक्षयकुमारको ‘गूड न्यूज’ विरुद्ध हाइ कोर्टमा उजुरी

Neuro
अक्षयकुमारको ‘गूड न्यूज’ विरुद्ध हाइ कोर्टमा उजुरी

विराटनगर, १३ पुस । बलिउडका चर्चित अभिनेता अक्षय कुमार, दिलजित दोसाँझ, अभिनेत्री करीना कपुर, कियारा आडवाणीको मुख्य भूमिका रहेको फिल्म ‘गूड न्युज’ गत शुक्रबार प्रदर्शनमा आएको छ ।

sdaf

फिल्मको नाम ’गूड न्युज’ भए पनि फिल्मको लागि ‘ब्याड न्युज’ आएको छ । फिल्मविरुद्ध हालै हाइ कोर्टमा उजुरी परेको छ । भारतीय मिडियाहरूका अनुसार कर्नाटक हाई कोर्टमा ‘एस’ नामको एउटा गैरसरकारी संस्थाले फिल्मविरुद्ध उजुरी गरेको हो । एनजीओका अनुसार यो इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) टेक्नोलोजी अर्थात् टेष्टट्युब गर्भाधान प्रक्रियामा आधारित फिल्म हो । यस प्रविधिअनुसार जोडीको शुक्राणुहरूलाई प्रयोगशालामा राखेर बच्चा पैदा गरिन्छ ।

cura insider

फिल्मले आईभीएफको विश्वसनीयताबारे धेरै भ्रम र अनिश्चितता पैदा गरेका कारण फिल्म रिलिज गर्न नहुने एनजीओको तर्क छ । सन्तान नहुने आमाबुवाका लागि यसले भावनात्मक चोट पुर्‍याउने भएका कारण फिल्म रोकिनुपर्ने फिल्मलाई सर्टिफिकेट दिने सेन्ट्रल बोर्ड अफ फिल्मलाई एनजीओले चुनौती दिएका छन् ।

तर, शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मलाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार बक्सअफिसमा फिल्मले सानदार ओपनिङ गर्दै पहिलो दिन १७ करोड ५६ लाखको कमाईगरेको छ र फिल्मले केही दिनमै सय करोड कमाउने अनुमान लागाइएको छ ।

jackson ribon