birat ribon

युभेन्टसले दिने तलबभन्दा इन्स्टाग्रामबाट धेरै कमाउँछन् रोनाल्डो

Neuro
युभेन्टसले दिने तलबभन्दा इन्स्टाग्रामबाट धेरै कमाउँछन् रोनाल्डो

एजेन्सी, १३ पुस । युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लको तलबभन्दा सामाजिक सञ्जाल इन्स्टाग्रामबाट बढी कमाएका छन् ।

पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले सन् २०१९ मा युभेन्टसको तलबभन्दा धेरै आफ्नो आधिकारिक इन्स्टाग्रामबाट कमाएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् । इटालियन फुटबल टिभीका अनुसार ३४ वर्षीय रोनाल्डोले सन् २०१९ का इन्स्टाग्रामका पोस्टमार्फत् ४७.८ मिििलयन अमेरिकी डलर (४२.७ मिलियन युरो) कमाइ गरेका छन् ।

cura insider

अघिल्लो वर्ष मात्र स्पेनिस क्लब रियल मड्रिडबाट सिरी ‘ए’ खेल्न गएका रोनाल्डोको यो कमाइ युभेन्टसले उनलाई दिने तलबभन्दा धेरै हो । इटालियन फुटबल टिभीका अनुसार रोनाल्डोलाई युभेन्टसले मासिक तलब प्रतिवर्ष ३३.१ मिलियन अमेरिकी डलर (३० मिलियन युरो) दिन्छ ।

jackson ribon