birat ribon

महिनावारी रोक्ने औषधिको प्रयोग हानिकारक

Neuro
महिनावारी रोक्ने औषधिको प्रयोग हानिकारक

विराटनगर, १३ पुस । पूजा, विवाह, टाढाको यात्रा गर्नुलगायतका विभिन्न कारणहरूले गर्दा महिलाहरू महिनावारी रोक्ने औषधिको प्रयोग गर्छन् । विभिन्न कुराहरूका कारण महिलाहरूले चिकित्सकको परामर्शविना नै महिनावारी रोक्ने औषधिको प्रयोग गर्ने गरेको पाइन्छ । तर, यस्ता औषधि महिला स्वास्थ्यका लागि हानिकारक हुने गर्छन् ।

महिनावारी रोक्ने औषधि महिलाहरूको लागी हानिकारक हुने थाहा हुँदाहुँदै पनि यस्तो प्रकारको औषधिको प्रयोग गर्नेको संख्या बढेको पाइन्छ । डाक्टरको सल्लाहविना महिनावारी सार्ने औषधि प्रयोग गर्दा विभिन्न समस्याहरू आइपर्न सक्छन् । महिनावारी हुुनु भनेको पनि हर्मोनको परिवर्तन हुने हुँदा महिनावारी रोक्ने औषधिहरू पनि हर्मोनको चक्की हो जसले महिलाहरूको शरीरको हर्मोनलाई परिवर्तन गरेर महिनावारीलाई रोक्ने काम गर्छ ।

cura insider

शरीरमा आवश्यक हर्मोनको परिवर्तन हुँदा शरीरमा विभिन्न प्रकारको समस्याहरू आउन सुरु हुन्छन् । महिनावारी रोक्ने औषधीको प्रयोगले महिलाहरूमा महिनावारीको समयमा अत्यधिक पेट तथा ढाड दुख्ने, अत्यधिक रक्तश्राव हुने, महिनावारी अनियमित तथा गडबड हुने, पाठेघरका समस्या, बच्चा पाउन गाह्रो हुनेलगायतका समस्याहरू आइपर्न सक्छन् ।

साधारणतया यस्ता खालको हर्मोन बढाउने औषधि अर्थात् महिनावारी रोक्ने औषधि जुनसुकै औषधि पसलमा पनि डाक्टरको परामर्शविना नै बिक्री वितरण गरेको पाइन्छ । हानिकारक हुने थाहा हुँदाहुँदै पनि महिलाहरूले यस्ता औषधि प्रयोग गरेको पाइने हुँदा सावधानी अपनाउन आवश्यक हुन्छ ।

jackson ribon