birat ribon

मेस्सी बने पछिल्लो एक दशकका सर्वाधिक खेल जित्ने खेलाडी, रोनाल्डो तेस्रो नम्बरमा

Neuro
मेस्सी बने पछिल्लो एक दशकका सर्वाधिक खेल जित्ने खेलाडी, रोनाल्डो तेस्रो नम्बरमा

एजेन्सी, १३ पुस । बार्सिलोनाका कप्तान लियोनल मेस्सी पछिल्लो एक दशककै सर्वाधिक खेल जित्ने खेलाडी बनेका छन् । युरोपका शीर्ष पाँच लिगमा ३२ वर्षीय मेस्सी सबैभन्दा धेरै खेल जित्ने खेलाडी बनेका हुन् ।

अर्जेन्टिनी स्टार मेस्सीले पछिल्लो एक दशकमा सबैभन्दा धेरै २ सय ६० खेल जितेका छन् । मेस्सीलाई बार्सिलोनाकै सहकर्मी सर्जियो बुस्क्वेट रहेका छन् । स्पेनिस फुटबलर बुस्क्वेट्सले २ सय ४५ खेलमा जित निकालेका छन् । यस्तै मेस्सीका खास प्रतिद्वन्द्वी तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो भने तेस्रो स्थानमा छन् ।

cura insider
sdf

पछिल्लो एक दशकमै सर्वाधिक खेल जित्ने खेलाडीको सूचीमा तेस्रो स्थान बनाएका रोनाल्डोले २ सय ४४ खेलमा जित निकालेका छन् । रोनाल्डो मेस्सीभन्दा १६ खेलले पछि परेका छन् भने बुस्क्वेट्सभन्दा १ खेल कम जितेका छन् ।

चौथो स्थानमा भने जर्मन क्लब बायर्न म्यूनिखका थोमस मुलर छन् । उनले पछिल्लो एक दशकयता २ सय २८ खेलमा जित निकालेका छन् । यस्तै बार्सिलोनाका जेरार्ड पिके र रियल मड्रिडका करिम बेन्जेले समान २ सय १९ खेलमा जित निकालेका छन् ।

jackson ribon