birat ribon

‘प्रेमगीत ३’को क्यारेक्टर पोस्टरमा सुनिल थापाको अवतार

Neuro
‘प्रेमगीत ३’को क्यारेक्टर पोस्टरमा सुनिल थापाको अवतार

विराटनगर, १३ पुस । चैत २८ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’ को माइनस २६ डिग्री सेल्सियसमा मनाङमा छायांकन भइरहेको छ । फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले आफ्नो औपचारिक फेसबुकमार्फत अभिनेता सुनिल थापाको दुई ओटा क्यारेक्टर पोस्टर सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरिएको पोस्टरमा सुनिलको अवतार प्रभावशाली देखिन्छ । भारी हिउँ परिरहेको बेलामा उनी कुनै पदयात्राको लागि निस्किएको र अर्को पोस्टरमा भने उनले पौराणिक बाजा बजाइरहेको देख्न सकिन्छ । पोस्टरले दर्शकमा कौतुहलता पैदा गरे पनि निर्माण टिमले उनको भूमिकाका बारेमा केही पनि खुलाएको छैन । हल पुगेर सिनेमा हेर्दा उनको भूमिका दर्शकलाई सरप्राइज सावित हुने सन्तोषले बताएका छन् ।

cura insider

हिउँ परिरहेको दृश्यहरूलाई समावेश गर्नु पर्ने भएकाले कठिनाइँ भए पनि उत्साहका साथ छेतेन गुरुङ र सन्तोषले निर्देशन गरिरहेका छन् । धेरै पात्रको चरित्र फोटो दर्शकमाझ पस्कँदै आएको छ ।

फिल्ममा डेढ सय वर्ष अगाडिको कथामा अभिनेता प्रदीप खड्का र नवअभिनेता मनिष राउतको पिताको भूमिकामा शिव श्रेष्ठले निर्वाह गरेका छन् । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा प्रदिप र नव नायिका क्रिस्टिना गुरुङको जोडी बाँधिएको छ ।

फिल्ममा यी कलाकारका साथै निर्माता सेन, बालकलाकार अनुभव रेग्मी, योगीशा खत्री, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशिर राणालगायतका कलाकारहरूको अभिनय छ ।

jackson ribon