birat ribon

ए डिभिजन लिग : मनाङलाई पछ्याउँदै थ्रीस्टार

Neuro
ए डिभिजन लिग : मनाङलाई पछ्याउँदै थ्रीस्टार

काठमाडौं, १३ पुस । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलहरू सकिएका छन् । शनिबार एक खेल भएसँगै तेस्रो चरणका खेलहरू सकिएका हुन् । अब भोलिबाट चाैथो चरणका खेलहरु सूचारु हुनेछन् ।

a

तेस्रो चरणको सकिँदासम्म घरेलु फुटबलका महारथी क्लबद्वय मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लब अगाडि पछाडि रहेका छन् । यी दुई क्लबको प्रदर्शन भने राम्रो रहेको छ । नतिजाको हिसाबमा हेर्दा यीनै दुई क्लब अगाडि आएका छन् ।

cura insider

साविकको विजेता मनाङ ३ खेलबाट ९ अंक बनाउँदै अंक तालिकाको शीर्ष स्थानमा छ । उसले तीन खेलबाट स्पष्ट जितसहित आफ्नो विजयी यात्रा कायमै राखेको छ । यता, थ्रीस्टार भने ७ अंकसहित दोस्रो स्थानमा छ । उसले समान तीन खेलमध्ये २ खेलमा जित र एक खेलमा बराबरी खेलेको छ ।

लिगको तेस्रो स्थानमा मछिन्द्र क्लब छ । उससँग ६ अंक छ । मछिन्द्रले पनि थ्रीस्टार जस्तै दुई खेलमा जित र एक खेलमा बराबरी गरेको छ । तर, मछिन्द्रले गत सिजन लिगको अन्तिम स्थानमा रहँदै ऋण अंक बोक्यो । मछिन्द्र १३औं स्थानमा रह्यो । ए डिभिजन लिगमा उसले एक ऋण अंक बोकेर लिगको सुरुवात गरेको कारण उसँग ६ अंक छ ।

यता, चौथो स्थानमा रहेको आर्मीसँग ६ अंक नै छ । तर, ऊ गोलान्तरको आधारमा मछिन्द्रभन्दा पछि परेको छ । पाँचौं स्थानको जावलाखेलको ५ अंक छ भने छैटौं स्थानमा न्यूरोट क्लब एनआरटी छ । उसँग चार अंक । नेपाल पुलिस, च्यासल र संकटासँग समान ४–४ अंक हुँदा बिग्रेड ब्वाइजसँग ३ अंक छ ।

हिमालयन शेर्पा २ अंकका सथा ११औं स्थानमा हुँदा एपीएफ १ अंकसहित १२औं स्थानमा छ । फ्रेन्डस क्लब र सरस्वती युवा क्लब भने अंकविहीन छन् । उनीहरू क्रमशः १३औं र १४औं स्थानमा छन् ।

jackson ribon