birat ribon

नौ दिनपछि खुल्यो मिरगञ्ज पुल

Neuro
नौ दिनपछि खुल्यो मिरगञ्ज पुल

रंगेली, १३ पुस । नेपालको दोश्रो ठूलो नाका विराटनगर भन्सार प्रवेशका लागि पार गर्नुपर्ने भारतको बथनास्थित मिरगञ्ज पुल सञ्चालनमा आएको छ । मर्मतका लागि भन्दै भारतले बन्द गरेको पुल नौ दिनपछि सञ्चालनमा आएको हो ।

पुल मर्मतका लागि भन्दै भारतले डिसेम्बर १९ देखि मालवाहक सवारी साधन आवत–जावतमा रोक लगाएको थियो । पुलको मर्मत सकेर भारतले २७ डिसेम्बर रातिदेखि सवारी आवागमन सुचारु गरेको भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी मणिराम पौडेलले बताए ।

cura insider
a

दुबैतर्फ ठूलो संख्यामा मालवाहक सवारी साधन रहेकोले सडकमा भने जाम रहेको पाैडेलले बताए । नेपालतर्फ करिब २ सय खाली गाडी छन् । भारततर्फ करिब २ हजार मालवाहक गाडी छन् । पुल खुलेपछि आवात–जावत सुचारु भएपनि सवारी जाम हुँदा कठिनाइ भएकाे उनले बताए ।

करिब तीन वर्षअघि २०७४ सालको बाढीले पुल क्षतिग्रस्त भएको थियो । त्यसबेला पुल सञ्चालनमा आउन ८ महिना लागेको थियो ।

विराटनगर भन्सार कार्यालयले दैनिक करिब १५ करोड राजस्व संकलन गर्दै आएको छ । भारतबाट नेपाल दैनिक करिब २ सय ५० गाडी प्रवेश गर्ने गरेका छन् । पुल मर्मतका लागि सवारी आवत–जावतमा रोक लगाएपछि भन्सार राजस्व संकलन घटेको थियो ।

भारतले पुलबाट ४० टन भन्दा कम भारका गाडी मात्र प्रवेश गर्न दिने गरेको छ । पुलको कारणले पटक–पटक समस्या खेप्नुपर्ने अवस्था आएकोले प्रदेश १ का उद्योगी व्यवसायीले पुलको दीर्घकालीन समाधानको माग गर्दै आएका छन् ।

jackson ribon