birat ribon

जाडोमा बाथरोगले अत्यधिक सताउँछ, यसरी गरौँ हेरचाह

Neuro
जाडोमा बाथरोगले अत्यधिक सताउँछ, यसरी गरौँ हेरचाह

जाडो मौसममा रक्तसंचार राम्रो सँग नहुने हुँदा रक्तचाप पनि बढ्ने गर्दा मानिसहरूलाई विभिन्न रोगको जोखिम उच्च हुन्छ ।

जाडो मौसम (कार्तिक देखि माघसम्म) रोग बढ्ने समय हो । बंशाणुगत समस्या भएका व्यक्तिहरू तथा बाथ जस्तो दिर्घकालिन रोगहरू भएका व्यक्तिहरू अत्यन्त जोखिममा हुन्छन् ।

cura insider

शरिरको प्रतिरक्षा व्यवस्थामा समस्या आएर शरिरभित्र रहेको कोषिकाले आफ्नै कोषिकालाई जीवाणु ठानेर ती कोषिकालाई नष्ट गर्नका लागि शरिरमा एन्टीवडी निर्माण गर्न थाल्ने क्रममा बाथरोगका बिभिन्न लक्षणहरू देखिन थाल्छन् । बाथरोग दीर्घरोग हो ।

धेरै जसो बाथरोगका बिरामीहरूले केही समय औषधी खाएपछि वीचमै छोड्ने गर्छन् । त्यस कारण यो रोग धेरै बल्झिने गर्छ ।

जाडोको मौसममा वातवरणमा परिवर्तन आइ चिसोपना बढेको हुन्छ । चिसोपनाले गर्दा शरीरमा हुने दुखाइको बढी अनुभव हुन्छ । दुखाइ थाहा पाउने अंगहरू पनि बढी संवेदनशिल हुन्छ । चिसोको समयमा जोर्नीहरु दुख्ने, सुन्निने, विहानी पख झनै दुख्ने, काम गर्न थालेपछि थाहा नहुने,आरम गरेपछि झनै दुख्ने गर्छ । जाडोमा बाथरोगीहरूले अत्यन्त ध्यान दिनु पर्ने हुन्छ ।

जाडोमा औला निलो हुने, रक्तसंचारको कमीले गर्दा रगतका नसाहरू खुम्चिने गर्छ जसले गर्दा जोर्नीहरू दुख्न थाल्छ । यस्ता बिरामीले पंजा, मोजा तथा न्यानो लुगा लगाउने गर्नु पर्छ र चिसोमा हिड्नु हुदैन । औषधी नियमित सेवन गर्ने र शरिरलाई न्यानो अवस्थामा राख्नका लागि हिंडडुल गर्ने, व्यायाम गर्ने, झोलिलो खानेकुराहरूको सेवनमा ख्याल पुर्याउनु पर्छ ।

बाथ रोगीहरूले चिनी, कोल्ड ड्रिंक, चुरोट, रक्सी ,रातो मासु तथा जंक फुडलाई त्यागी सामान्य मानिसले खाने खानेकुराको सेवन गर्नु पर्छ । कतिले मासु, गेडागुडी, मुला, काउली, टमाटर जस्ता कुराहरू खान नहुने भन्ने भ्रम मात्र हुन् । बाथ रोगिहरूले रुघाखोकी लागेका विरामीको छेउछाउमा जानु हुदैन । फ्लु बिरुद्ध र निमोनियाँ बिरुद्धको खोप लगाउनु पर्छ ।

सामान्य लक्षणहरू देखिने बित्तिकै घरेलु उपायहरू अपनाउन छोडेर डाक्टरकोमा जानु नै रोग हटाउने मुख्य उपाय हो ।

jackson ribon