birat ribon

ट्राफिक जामबाट हैरान भएपछि हेलिकप्टर निर्माण

Neuro
ट्राफिक जामबाट हैरान भएपछि हेलिकप्टर निर्माण

विराटनगर, १३ पुस । व्यस्त समयमा ट्राफिक जाम हुनु सामान्य भइसकेको छ । संसारको धेरै सहरको मुख्य समयमा ट्राफिक जाम हो । जामका कारण मानिसहरूले घन्टौं समय बर्बाद गरेका छन् ।

एक व्यक्तिले ट्राफिक जाममा फसेपछि आफैंले हेलिकोप्टर बनाएका छन् । इन्डोनेशियाको जकार्तामा बस्दै आएका जुजुन जुनैदीले दैनिकको ट्राफिक जामबाट हैरान भएका कारण हेलिकोप्टर बनाएका हुन् ।

cura insider

अनलाइन न्यूज पोर्टल मोबिगीकले जनाए अनुसार उनले आफ्ना लागि हेलिकोप्टर बनाएका हुन् । समाचारमा उल्लेख गरिए अनुसार ४२ वर्षका जुजुन जुनैदीले दैनिक ट्राफिक जाममा फसेर आफ्नो समय खेर गएपछि रिसका कारण हेलिकोप्टर बनाएर त्यसैमा उड्ने सोच बनाएका हुन् ।

उनी एक गाडी मेकानिक हुन् । उनले १८ महिना अघिदेखि हेलिकोप्टर बनाउनका लागि रिसर्च गरेर बनाउन सुरु गरेका छन् ।

उनले आफुले स्कुलमा पाएको ज्ञान र युट्युबबाट सिकेर हेलिकप्टर निर्माण गर्न सुरु गरेका हुन् ।हेलिकोप्टर निमाणका निम्ति उनको अहिलेसम्म ६ लाख डलर भन्दा अधिक खर्च भइसकेको छ ।

उनको हेलिकोप्टरको लम्बाई २६ फिट रहेको छ भने यो पेट्रोलको सहयताले उड्छ । यसमा ७०० सीसीको २३ हर्सपावरको जेनेरेटर लाग्छ । हेलिकप्टरको मेन इन्जिनको काम सकिए पनि अरु कामहरू बाकी नै छ ।

jackson ribon