birat ribon

निजी क्षेत्रको समस्या समाधानमा तीन निकायको भूमिका महत्वपूर्ण

Neuro
निजी क्षेत्रको समस्या समाधानमा तीन निकायको भूमिका महत्वपूर्ण

विराटनगर, १३ पुस । उद्योग व्यवसाय क्षेत्रको समस्या सामधान गर्न राज्यको तीन निकायको महत्वपूर्ण भूमिका हुने सरोकारवालाहरुले बताएका छन् ।

राजश्व चुहावट नियन्त्रण र उद्योग व्यापारमा देखिएका समस्या समाधान गर्न राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, भन्सार विभाग, उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घबीचको छलफलमा सरोकार वालाहरुले आन्तरिक राजस्व, भन्सार र राजस्व विभागको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

cura insider

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले आन्तरिक राजश्व, भन्सार, राजश्व विभाग प्रत्यक्ष उद्योग÷व्यापार क्षेत्रसँग सरोकार राख्ने निकाय भएकाले उद्योग÷व्यवसाय क्षेत्रको समस्या समाधानमा यी तीन निकायको महत्वपूर्ण भूमिका हुने बताए ।

राजश्व चुहावट नियन्त्रण गर्न ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलतालाई सहज बनाउन सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले उद्योग÷व्यवसाय क्षेत्रका समस्या प्रस्तुत गर्दै उद्योग र व्यापार÷व्यवसाय निर्वाधरूपमा सञ्चालन गर्न कानूनी असपष्टता रहेको बताए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले व्यवसायीले भोग्नुपरेको समस्या समाधानमा आन्तरिक राजश्व विभागले सदैव सहयोग पु¥याउने बताए । उनले औद्योगिक क्षेत्रको उत्पादन वृद्धि भई व्यापारमा सन्तुलन ल्याउनका साथै मुलुकलाई समृद्ध बनाउने निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले उद्योगी÷व्यवसायीबाट प्राप्त सुझावलाई आगामी दिनमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।

बदलिँदो नीति नियममा शुरुआती चरणमा अप्ठ्याराहरु देखिएको भए पनि यसलाई क्रमशः सुधार गरिँदै लगिएको जानकारी दिए । भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्दै समृद्ध राष्ट्र बनाउन सरकारसँगै निजी क्षेत्रसमेत बलियो हुनुपर्ने बताए ।रासस

jackson ribon